शीतल निवासमा चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

शीतल निवासमा चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेकी छन् । शनिबार साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न सी शीतल निवास पुगेका हुन् । भेटमा नेपाल–चीन सम्बन्धका विविन्न विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणमा सी शनिबार अपराह्न नेपाल आएका हुन् । 

दुई दिनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका रहेको छ । 

शीतल निवासको भिजिटर नोटमा हस्ताक्षर गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.