सी–देउवा भेटवार्ता : पूर्वाधारमा लगानी बढाउन आग्रह

सी–देउवा भेटवार्ता : पूर्वाधारमा लगानी बढाउन आग्रह

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार अपराह्न नेपाल आएका सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि साँझ दुई नेताबीच वान टु वान वार्ता भएको हो।

‘उहाँहरुबीच दुई पार्टी र दुई मुलुकको सम्बन्धबारे कुराकानी भयो,’ देउवा निकट स्रोतले भन्यो, ‘छिमेकी मुलुक हुनुको नाताले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाई दिनुपर्नेमा उहाँहरुको जोड थियो।’

कांग्रेस सभापति देउवाले बीपी कोइरालाका पालादेखि नै चिनियाँ कम्युनिस्ट पार्टी र चीनसँग कांग्रेसको सम्बन्ध सौहार्द रहँदै आएको उल्लेख गरेका छन्।

चीनले नेपालको पूर्वाधार विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आर्थिक रुपमा विश्वकै उदयीमान मुलुक चीनबाट नेपालको विकासमा थप लगानीका लागि आग्रह गरेका थिए। साथै देउवाले एक चीन नीतिमा नेपाल र आफ्नो पार्टी प्रतिवद्ध रहेको र नेपालमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई स्वीकार्य नहुने धारणा राखेका छन्। 

चिनियाँ राष्ट्रपति सीले आइतबार बिहान सोल्टी होटलै नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। दाहालसँगै सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसँग सीले सामूहिक भेट्ने जनाइएको छ। नौ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेटमा सहभागि नहुने बताइएको छ।

सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने कार्यक्रम रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.