सी भ्रमणपछि बाबुरामका दुई बुँदा

सी भ्रमणपछि बाबुरामका दुई बुँदा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि बाबुराम भट्टराईले दुई बुँदामा असन्तुष्टि जनाएका छन्। आइतबार ट्विट गर्दै बाबुरामले दुई बुँदामा सी भ्रमणका गतिविधिप्रति आपत्ति जनाएका हुन्। 

पहिलो बुँदामा बाबुरामले प्रधानमन्त्रीलाई भूमिका नदिएको भन्दै आपत्ति जनाएका छन्। ‘चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई ! तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि’, उनले लेखेका छन्, ‘नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति-समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो।’

त्यसैगरी बाबुरामले दोस्रो बुँदामा मधेसी नेतासँग सीको भेटवार्ता तय नभएकोप्रति आपत्ति जनाएका छन्। 

‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो। अन्यथा उत्तरी छिमेकीले हिमाल-पहाड र दक्षिण छिमेकीले मधेस-तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ’, बाबुरामले लेखेका छन्, ‘भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्। तैपनि सबैको जय होस्।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.