तस्बिरमा कांग्रेसको चियापान

तस्बिरमा कांग्रेसको चियापान

काठमाडौं : आइतबार नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा  चियापान गरेको छ। चियापानमा कांग्रेसका नेता कार्यकर्ताको मात्र भिड थिएन नेकपा नेताकोसमेत बाक्लो उपस्थिति थियो।  समारोहमा नेकपा शीर्ष नेताले सम्बोधन गरेका छन्। चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गरे। 

चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता रहेको सम्झना गरे। ‘४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता छ।  हामी सँगै जेल बस्यौं’, ओलीले भने, ‘लोकतन्त्रका लागि सँगै लड्यौं।’ 

चियापान समारोहमा पुगेका नेकपा अध्यक्ष प्रचण्डले सहमति र सहकार्यमा जोड दिए। उनले चियापान व्यवस्थित बनाएकोमा धन्यवाद दिए। ‘

चियपान कार्यक्रम अझ व्यवस्थित र अनुशासित रुपमा आयोजना भएको छ। यसका लागि धन्यवाद दिन चाहन्छु’, उनले थपे, ‘नेपालको राजनीतिमा सहमतिमा सबै विषयको समाधन हुँदै आएको छ। हेर्दै जाऔं, आगामी दिनमा कसरी राजनीतिले कोल्टे फेर्छ।’ 

त्यसैगरी चियापानमा सम्बोधन गर्दै नेकपा वरिष्ठ नेता खनालले चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक भएको उल्लेख गरे। अर्का वरिष्ठ नेता नेपालले कांग्रेस चियापान व्यवस्थापनको प्रशंसा गरे। उनले राम्रो कुरा जोबाट सिके पनि हुने उल्लेख गरे। ‘व्यवस्थापनको कुरा कम्युनिस्टबाट सिक्नुपर्छ भनिन्थ्यो’, उनले भने, ‘राम्रा कुरा जोबाट सिके पनि हुन्छ।’ 

नेकपा प्रवक्ता श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक भएको उल्लेख गरे। त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमण महत्वपूर्ण भएको उल्लेख गरे। 
 
‘चिनियाँ राष्ट्रपतिको दुई दिनको नेपालको राजकीय भ्रमण अत्यन्त महत्वपूर्ण रहयो’, उनले भने, ‘यसका लागि दुबै सरकारलाई म बधाई दिन चाहन्छु।’ 

कांग्रेस सभापति शेरबहादुर देउवाले चियापानमा सहभागी सबै नेतालाई धन्यवाद दिए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूलाई चीन भ्रमणको निम्तो दिएको खुलासा गर्दै चाँडै चीन जाने उल्लेख गरे।  ‘चिनियाँ राष्ट्रपति सीले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ’, उनले भने, ‘म चीन भ्रमणमा जान्छु।’

तस्बिर : अशोक दुलाल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.