टोखा–छहरे सडक : ३२ किमि सडक, ७ किमि सुरुङमार्ग

टोखा–छहरे सडक : ३२ किमि सडक, ७ किमि सुरुङमार्ग

काठमाडौं : चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको छ।

सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको छ। चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो।

यो समझदारीसँगै चिनियाँ नाका केरुङ र काठमाडौंबीच उन्नत सडक सम्पर्कका लागि चीनियाँ सहयोग परिचालन गर्न बाटो खुलेको छ। यो समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ। काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ। काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ।

हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ। गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ। दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याप्रुबेसी सुरुङमार्गले मूलखर्क र राम्चेको पहिरो छल्न उपयुक्त हुने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए। मैलुङ–स्याप्रुबेसी सुरुङमार्गको सम्भाव्यताका सम्बन्धमा भने अध्ययन हुन बाँकी छ।

मैलुङ–स्याफ्रुवेंसी नेपाली सेनाले ट्रयाक खोलेर २०७५ जेठ ६ गते हस्तान्तरण गरिसकेको छ। अहिले यो खण्ड सहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निमाधीन अवस्थामा छ। चीन सरकारले स्याफ्रवेंसी–रसुवागडी १६ किमि सडक विस्तार गर्दैछ। मुस्किले एकलेनको सडक दुई लेनमा विस्तार हुँदैछ।

यो सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबहाक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ।

विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख थापाका अनुसार टोखा–छहरे सडक खण्डमा सात किलोमिटरको सुरुङमार्ग प्रस्ताव गरिएको छ। लगानीबोर्डले पनि टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि प्रस्ताव पेश गरेको थियो। लगानी बोर्डले पेश गरेको प्रस्तावमा सुरुङमार्गको लम्बाई ४.१७५ किलोमिटर हुने उल्लेख छ। २०७१ सालमा गरिएको अध्ययन अनुसार बोर्डले सुरुङमार्ग निर्माण गर्न २६ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो। सानो सुरुङमार्ग निर्माण गर्दा धेरै घुम्ती हुने र सडकको लम्बाई पनि बढ्छ। सडकको लम्बाई घटाउन सुरुङ बढाउन खोजिएको हो। सात किलोमिटर सुरुङमार्ग निर्माण गर्दा टोखाबाट विदुरको गँगोटेको ३२ किमि हुनेछ।

बेत्रावती–मैलुङ खण्डको कुन स्थानबाट सुरुङमार्ग निर्माण गर्ने भन्ने टुंगो लागेको छैन। ‘सम्झौता हेर्दा बेत्रावती–मैलुङ सुरूङ निर्माण गर्ने देखिएको छ। अहिले ठ्याक्कै कहाँबाट सुरू गर्ने भन्ने अवस्था छैन। यसका लागि विस्तृत अध्ययन आवश्यक पर्छ।’ अहिलेको अवस्था हेर्दा बेत्रावती–मैलुङ सडक खण्ड सबै सुरुङमार्ग नै बनाउन खोजिएको भन्ने देखिएको मन्त्रालयको अधिकारीको भनाइ छ। चालु बेत्रावती–मैलुङ खण्ड अहिलेकै अवस्थामा सामान्य चौडा विस्तार गरेर सवारी सञ्चालन गर्न सकिने अवस्थामा छ। त्रिशुली किनारकै बाटो भएकाले सुरुङमार्ग निर्माण गर्दा लम्बाई खासै नघट्ने अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.