चिनियाँ राष्ट्रपति सी भ्रमणबारे के भन्छन् नेता

चिनियाँ राष्ट्रपति सी भ्रमणबारे के भन्छन् नेता

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्केका छन्। राष्ट्रपति सीको नेपाल भ्रमणलाई लिएर राजनीतिक नेताले आआफ्नै ढंगले व्याख्या–विश्लेषण गरेका छन्। सी भ्रमणलाई लिएर नेताहरूले व्यक्त गरेका धारणा।

ऐतिहासिक भ्रमण 

-शेरबहादुर देउवा

राजनीतिक रूपमा जतिसुकै मतभेद भए पनि भेटघाट गर्ने, मित्रता बढाउने संस्कृतिका रूपमा विकास भएको छ। छलफल, संवादबाट सबै खालका विमतिको समाधान हुन्छ। चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई कांग्रेसले स्वागत गरेको छ। दोस्रोपटक चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएको छ। म पहिलोपटक प्रधानमन्त्री हुँदा चिनियाँ राष्ट्रपति आउनुभएको थियो।

नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट छ। अहिले सौहार्द बनेको छ। एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ। नेपालमा चीनविरोधी कुनै पनि गत्वििधि हुन दिँदैनौं। चिनियाँ राष्ट्रपति सीले मलाई चीन भ्रमणको निम्तो दिनुभएको छ। म चीन भ्रमणमा जान्छु।

महत्त्वपूर्ण भ्रमणमा अंकित

- झलनाथ खनाल

नेपालका लागि यो ऐतिहासिक भ्रमण भएको छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको भ्रमण हुनु आफैंमा ऐतिहासिक हो। यो महत्त्वपूर्ण भ्रमणका रूपमा अंकित भएको छ। नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको छ।

दुई मुलुकबीच आपसी सम्बन्ध विस्तार र विश्वास बढाउने काम भएको छ भने आर्थिक साझेदारी वृद्धि गर्न पनि राष्ट्रपति सीको भ्रमण सफल भएको छ। चीनको विकास र समृद्धिबाट नेपालले अधिकतम लाभ लिने वातावरण बनेको छ।

‘सम्झौता कार्यान्वयन हुनेमा ढुक्क’

- नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा

चिनियाँ राष्ट्रपतिको भ्रमण विश्व तथा नेपालको समेत परिवर्तित सन्दर्भका हिसाबले निकै महत्त्वपूर्ण छ। विश्व र नेपालको परिवर्तित सन्दर्भ, पछिल्लो समय चीन विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको सन्दर्भ र चीनका वर्तमान राष्ट्रपति सी चिनफिङको भूमिकाको हिसाबले यो भ्रमणलाई महत्त्वपूर्ण मान्नुपर्छ। मेरो व्यक्तिगत विचारमा भन्ने हो भने नेपालको सन्दर्भमा यस्तो प्रकारको भ्रमणको असाधारण महत्त्व छ।

यसले नेपाल–चीनको अहिले भइरहेको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। दुई मुलुकको विश्वासलाई पनि यसले बलियो बनाएको छ। नेपालको आर्थिक क्रान्तिलाई अघि बढाउन पनि यसले निकै बल पुर्‍याएको छ। नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन हुनेमा म पूर्ण विश्वस्त छु। राष्ट्रपति सीले बारम्बार दोहोर्‍याउनुभएको छ कि हामी जे बोल्छांै, त्यो लागू गरेरै छाड्छौं। तर योजना कार्यान्वयन गर्न अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ पर्छ भन्ने पक्षमा उहाँले जोड दिनुभएको छ। यस हिसाबले पनि सम्झौता भएबमोजिम कार्यान्वयन हुनेमा ढुक्क हुन सकिने अवस्था छ।

‘निकै अर्थपूर्ण भ्रमण’

दिनेश भट्टराई, पूर्वराजदूत

चिनियाँ राष्ट्रपतिको भ्रमण निकै महत्त्वपूर्ण विषय हो। यो भ्रमण निकै अर्थपूर्ण छ। तर यसबाट हामीले कति फाइदा लिन सक्यौं भन्ने कुरा महत्त्वपूर्ण छ। भ्रमणका क्रममा थुपै्र विषयमा सम्झौता भएको कुरा बाहिर आएको छ। सम्झौता हुनुमात्रै ठूलो कुरा होइन। विश्वको उदीयमान राष्ट्र भएको हिसाबले पनि सम्झौता कार्यान्वयन कसरी हुन्छ भन्ने कुराले महत्त्व राख्छ। चिनियाँ राष्ट्रपतिले नै भन्नुभएको छ।

योजना सुरु भएपछि कार्यान्वयन गरेरै छोड्नुपर्छ। तर योजना कार्यान्वयनको क्रममा आउने अवरोधलाई बेलैमा पहिचान गर्नुपर्छ। नेपालको सन्दर्भमा त्यस्ता अवरोध भनेका के हुन्, त्यो भविष्यमा थाहा हुन्छ। भ्रमणका क्रममा नेपाल कसरी उपस्थित भयो भन्नेले पनि अर्थ राख्छ। यी सबै कुरा थाहा पाउन केही समय कुर्नुपर्छ।

‘भ्रमण सुमधुर’

-बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री

चिनियाँ राष्ट्रपतिको दुईदिने भ्रमण सम्पन्न भएको छ। नेपालको सन्दर्भमा यो निकै महत्त्वपूर्ण छ। यो भ्रमण सफल बनाएकोमा नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। तर सफलताको परिभाषा कसरी गर्ने भन्नेमा यो भ्रमण भर पर्छ। केटाकेटी हुँदा मामा आउँदा के के दिनुभयो, कति दक्षिणा दिनुभयो भन्नेजस्तो सोच हामीले यो भ्रमणमा राख्नुहुँदैन।

दुई मुलुकबीचको सम्बन्ध भनेको राजनीतिक र समग्र सामरिक रूपमा हुनुपर्छ। चीनसँगको हाम्रो सम्बन्ध सुमधुर नै छ। यसमा खास समस्या छैन। समग्रमा यो भ्रमणलाई राम्रै मान्नुपर्छ। सुमधुर भ्रमण भएको छ।

‘सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा विश्वास छैन’

डा. नारायण खड्का, कांग्रेस नेता

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई समग्रमा महत्त्वपूर्ण नै मान्नुपर्छ। नेपालको कम्युनिस्ट पार्टीको सरकार भएको नाताले चीनसँग हामी पनि तपाईंहरूसँग सैद्धान्तिक रूपमा नजिक छौं भन्ने देखाउन यो भ्रमण सहयोगी बनेको छ। त्यति मात्र नभएर विगतमा सरकारले जनतालाई देखाएको पानीजहाज र रेलको आश्वासनबारे देखाउन पनि यो भ्रमण सजिलो भएको छ। तर यो भ्रमणको क्रममा भएको सम्झौता कार्यान्वयनको विषय भनेको त्यस्तै हो।

विगतमा पनि यस्तै सम्झौता भएका थिए। त्यसको कार्यान्वयन अवस्था के छ भन्ने केलाउने हो भने पनि अहिलेको उपलब्धि कस्तो रहला भन्ने अनुमान गर्न कठिन हुँदैन। यसअघि पनि उच्चस्तरको भ्रमण पटक पटक भइसकेको छ। तर उपलब्धि के भयो भन्ने विषयलाई गम्भीर भएर केलाउने हो भने यसको उपलब्धि सहजै अनुमान गर्न सकिन्छ।

नेपालको विकासमा चिनियाँ चासो

-महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्रमन्त्री

‘नेपालको विकासमा चीनको उच्च मूल्यांकन’ चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको छ। नेपालको विकासमा चीनले देखाएको चासोको उच्च मूल्यांकन गर्ने मात्र होइन, उसले दिएको सुझावलाई समेत मनन गर्न आवश्यक छ। नेपाल–चीनबीच सहकार्य अहिलेको अपरिहार्यता हो। सडक, रेल, हवाई सम्पर्क सञ्जाल अहिलेको आवश्यकतामा चीनको चासो रहनु हामीजस्ताका लागि खुसीको कुरा हो।

अनुभवी नेताको सुझावलाई स्वीकार गर्दै नेपाल र चीनबीचको सम्बन्धमा सहकार्य अघि बढाउनुपर्छ। रेलको विषयमा अब सम्भाव्यता अध्ययन अघि बढ्ने, सुरुङमार्ग बन्ने जस्ता कार्य सुखद छन्। उनीहरूको चासोलाई नेपालले पनि सम्बोधन गर्दै विकास मोडलमा अघि बढ्नुको विकल्प छैन। त्यस हिसाबले यो भ्रमण सबलझैँ देखिएको छ।

रेलवेका कुरा स्वागत योग्य

-मिलन तुलाधार, पूर्व प्रधानमन्त्रीका कूटनीतिक सल्लाहकार

त्रिदेशीय सहकार्यको बारेमा नेपाल र चीनबीच कुरा उठ्छ कि भनेको त्यो नउठेझैँ लागेको छ। भारत गएर आएका राष्ट्रपति सीसँग यो तहको काम होला भन्ने लागेको थियो तर भएन। यो आवश्यक पनि थियो। नेपाललाई मौका पनि। रेलवेको विषयमा भएका कुरा स्वागत योग्य छन्। त्यो बनाउने क्रममा काम भएको छ।

पूर्ण सम्भाव्यता अध्ययन र त्यसपछि डीपीआरका लागि मोडल तयारीको ग्राउन्ड बनेको छ। यो राम्रो हो। विद्युत् ट्रान्समिसन लाइनको विषयमा समझदारी भएन, किनहोला भन्ने लागेको छ। त्यस्तै क्रसबोर्डर आर्थिक जोनदेखि सरप्राइज गिफ्टसम्मका विषय थिए तर त्यसमा काम हुन सकेन। हामीले फाइदा उठाउन सक्नुपर्छ। राजनीतिक स्तरमा यो तहको भ्रमणले हामीलाई धेरै कन्फिडेन्स बिल्डअप गरेको छ। यो सुखद हो। यो भ्रमणले अब प्रधानमन्त्री तहमा हुने भ्रमणहरू खुलाएको छ। भएका सम्झौता कार्यावन्यनको तहमा जाने देखिएको छ। त्यसमा जोड दिनुपर्छ। बुँदा बढाउन भएको ससाना सम्झौतालाई पनि राख्नु भनेको अलिक नसुहाएको देखियो। अब यसलाई नेपालले फलोअप गर्न सक्नुपर्छ।

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल र सफल भएको छ। नेपालको विकासमा चीनले देखाएको चासोको उच्च मूल्यांकन गर्ने मात्र होइन, उनले दिएको सुझावलाई समेत मनन गर्न आवश्यक छ। नेपाल–चीनबीच सहकार्य अहिलेको अपरिहार्य हो। सडक, रेल, हवाई सम्पर्क सञ्जाल अहिलेको आवश्यकतामा चीनको चासो रहनु हामी जस्ताका लागि खुसीको कुरा हो।

अनुभवी नेताको सुझावलाई स्वीकार गर्दै नेपाल र चीनबीचको सम्बन्धमा सहकार्य अघि बढाउनुपर्छ। रेलको विषयमा अब सम्भाव्यता अध्ययन अघि बढ्ने, सुरुङमार्ग बन्ने जस्ता कार्य सुखद छन्। उनीहरूको चसोलाई नेपालले पनि सम्बोधन गर्दै विकास मोडलमा अघि बढ्नुको विकल्प छैन। त्यस हिसाबले यो भ्रमण सबल देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.