गोविन्द केसी कात्तिक १३ देखि अनसन बस्ने

गोविन्द केसी कात्तिक १३ देखि अनसन बस्ने

काठमाडौं : डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनसन बस्ने चेतावनी दिएका छन्। उनले माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्म अल्टिमेटम समेत दिएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले हालसम्मको आन्दोलनको उपलब्धी संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको विकल्प नभएको बताएका छन्।

डा. केसीले  चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।

  
अवकाश पाएपछि पनि डा. केसीले  चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन्। त्रिभुवन  विश्वविद्यालयमा पदाधिकारी सिफारिसका सम्बन्धमा विरोध जनाउँदै डा. केसीले दलीय भागवण्डा विरुद्ध अनशनको चेतावनी दिएका हुन्।

विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सरकारले अघि बढाएको प्रक्रिया रोक्नुपर्ने माग डा. केसीको छ। पदाधिकारी नियुक्त प्रक्रियामा परासर कोइराला नेतृत्वको समितिले दिएका सुझाव कार्यन्वयन गर्नुपर्ने माग डा. केसीको छ। 

एक महिनादेखि रिक्त रहेको त्रिभुवन  विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि डा. भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस भएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले  तीन सम्भावित उपकुलपतिको नाम सिफारिस गरेको हो। सर्च कमिटिले गरेको सिफारिसमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थप अध्ययन गरेर नियुक्त गर्नेछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.