दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु

दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिका : अमेरिकाको ओहायो राज्यमा शनिबार राति भएको सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा परी ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षीया अन्जु विश्वकर्माको मृत्यु भएको हो। 

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अपस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने आमा, छोरी हुन्। प्रहरीले स्थानीय टेलिभिजनलाई दिएको जानकारी अनुसार अन्जुको घटनास्थलमै मृत्यु भएको हो। 

घाइते मध्ये एक विश्वकर्मा थरकै महिलाको अवस्था गम्भीर छ, उनको स्थानीय माउण्ट कारमिल इष्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठक्कर दिएका थिए। अर्को कारमा सवार, चालक र अन्य एक जनाको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। 

पछिल्लो समय अमेरिकामा कार दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्दो छ। एक महिना अगाडी अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.