विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउ

विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउ

काठमाडौं : जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्। काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई मंगलबार पक्राउ गरिएको महानगरिय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

सांसद साहले सोमबार विमान डिले (ढिलो) भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए। सर्लाही-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् ।

सोमबार ११ : ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा सांसद साहदे काउण्टरमा धक्का–धक्कीसमेत दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.