काल्धर एफसीले जित्यो रोशी कपको उपाधी

काल्धर एफसीले जित्यो रोशी कपको उपाधी

काभ्रे : दसैंको अवसरमा काभ्रे जिल्लाको सबैभन्दा ठूलो धनराशीको नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी तेमाल गाउँपालिका ७ काल्धर फुटबल क्लबले जितेको छ ।  निक्‍कै प्रतिस्पर्धात्मक खेलमा रोशी गाउँपालिका-९ पिन्थली फुटबल क्लबलाई २-१ ले स्तब्ध पार्दै काल्धर फुटबल क्लबले उपाधी जितेको हो । 

जिल्लाको रोशी गाउँपालिका ११ कालढुंगामा पञ्चबुद्ध युवा क्लबको आयोजनामा गत बुधबारदेखि सुरु भएको खुल्ला बृहत रोशी फुटबल कप सोमबार समापन गरिएको छ । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनलमा पिन्थली फुटबल क्लब र काल्धर युवा क्लबबीचको फाइनल खेल रोमाञ्चक बनेको थियो । काल्धरले सुरुवाति अग्रता लिएपछि पिन्थली दबाबमा परेको थियो । काल्धरमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा समेत खेलाडीको रुपमा सहभागी थिए। 

पहिलो हाफको सातौं मिनेटमा अमित तामाङले गोल गरेसँगै काल्धरले जित्नेमा ढुक्‍क देखिन्थ्यो भने पिन्थली एकपछि अर्का गोलका अवसर सृजना गराउन लागेको थियो । स्थानीय क्लब बीचको भिडन्त भनेपनि खेलमा क्लब स्तरमा खेलेका खेलाडीको बाहुल्यता थियो। 

दुवै टिमका खेलाडी आक्रामक रुपमा प्रस्तुत भएपनि खेलको छिनोफानो २-१ गोल अन्तरले गरायो । १-० ले अगाडी रहेको काल्धरले दोस्रो हापको २७ औं मिनेटमा विकास लामाले गोल गरेर खेललाई २-० को अवस्थामा पुर्‍याए।

त्यसपछि निक्‍कै आक्रामक बनेको पिन्थलीले २ मिनेटपछि राजेश गुरुङको गोलले खेलमा फर्कन खोजेपनि ढिला भइसकेको थियो । उसले खेल काल्धरलाई सुम्पियो । प्रतियोगितमा प्रथम भएको काल्धर फुटबल क्लबले नगद एक लाख  ५० हजारसँगै शिल्ड र प्रमाणपत्र हात पार्‍यो । पिन्थली फुटबल क्लबले ५० हजारसहित दोस्रोमै चित्त बुझायो ।

प्रतियोगितामा जिल्लास्तरकै २० टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष अजयबुद्ध लामाले जानकारी दिए।  प्रथम रोशी कप फुटबलको समापन कार्यक्रममा प्रमुख अतिथी रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा (डिबी) ले खेलमा धेरै कुरा आवश्यक रहेको बताए ।

खेलमा अनुशासन निक्‍कै आवश्यक रहेको बताउँदै उनले ब्राजिल फुटबलमार्फत् चिनिएको बताए । यसैगरी रोशी भेगलाई पनि खेलमार्फत चिनाउन रोशी सरकारले सदैव सहयोग रहने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.