नेकपा विदेश विभागको बैठक : सी भ्रमणको समीक्षा
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे समीक्षा गरेको छ। विभागको मंगलबार बसेको बैठकले सीको भ्रमणमाथि बिमर्ष गरेको हो।
विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले सी भ्रमणको विविध पाटाबाट समीक्षा गरेको छ। समीक्षापछि बैठकले भ्रमण फलदायी र दीर्घकालीन महत्वको रहेकोसमेत निष्कर्ष निकालेको हो।
बैठकमा विभाग प्रमुख माधवकुमार नेपालले यस भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए। बैठकमा विभागका उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्यालले भ्रमणबारे भ्रमणबारे आफ्नो विचार प्रस्तुत गरेका थिए।