१२ वर्षपछि न्याय पाउने आश

१२ वर्षपछि न्याय पाउने आश

गौर : ७६ बर्षीया कमला सिंहको मन नहाँसेको १२ वर्ष भयो। २०६४ चैत २७ गते छोरा मारिएको खबर सुनेपछि उनको खुशी हराएको हो। बुढ्यौलीले गलाउँदै लगेको शरीर छोरा मारिएको पिरले झनै गलाएको छ। जेठा छोरा सतेन्द्रप्रताप सिंहका अनुसार भाइ त्रिलोकप्रताप सिंह मारिएको खबर सुनेदेखी आमाको स्वास्थमा समस्या आएको हो।

७९ बर्षीय त्रिलोकका बाबु श्रीनारायण सिंह न्यायको लागी भौतारिएको पनि १२ वर्ष भयो। २०६५ वैसाख ९ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन खोजे तर भएन। अदालतको आदेशपछि जाहेरी दर्ता भयो। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०६९ सालमै दोषीमाथी अनुशन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो तर लामो समयसम्म दोषी पक्राउ परेनन्।

अदालतको निर्देशनअनुसार घटनाका मुख्य ओरोपी सांसद मोहम्मत आफ्ताव आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेपछि श्रीनारायणलाई न्याय पाउने आश पलाएको हो। पक्राउ परेका रौतहट क्षेत्र नम्वर २ का निलम्वित सांसद आलममाथि अनुशन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ। इटाभट्टामा जलाइएका भनिएका त्रिलोकका बाबु श्रीनारायणले भने, ‘छोरा मारीएको होइन भने खोइ त।’

जिल्ला अदालतका ५ नम्वर बेन्चका न्यायाधिक चित्रबहादुर गुरुङको इजलासले मंगलवार नेता आलममाथि छानविन गर्न सात दिनको म्याद दिएको तहसिलदार सुरथप्रसाद तिमल्सेनाले जानकारी दिए। रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले सरकारी वकिल कार्यालयमार्फत १० दिनको म्याद माग गरीएकोमा सात दिनको म्याद पाएको र थप प्रमाण जुटाउने कार्यमा प्रहरी जुटेको जानकारी दिए।

गाउँकै यमुनामाइ माविमा एसएलसी उतिर्ण भएपछि त्रिलोक राधाकृष्ण कलेज सितामणी भारतमा उच्च शिक्षा पढ्न गएका थिए। व्यवस्थापन बिषयमा स्नातक पढ्दै थिए। नेपालमा पहिलो संविधानसभा चुनावको माहोल सुरुभयो। उनी पनि भोट खसाल्न बिदा लिएर घर आए। पढेलेखेको युवक भन्दै त्रिलोकलाई पनि प्रचारमा लैजान नेता आलमका नजिकका कार्यकर्ताले प्रश्ताव गरे। छोरालाई नपठाउने भन्दै श्रीनारायणले त्यसदिन लिन आएकालाई फर्काए। तर भोलिपल्ट गहुँ काट्न खेतमा गएको बेला छोरालाई लिएर गए। २१ गते राजपुर फरदवा पुगेर छोरा ल्याउन खोज्दा ‘हामीसँगै बस्छ तपाइँको छोरा हाम्रो जिम्मा भो’ भनेको श्रीनारयणले स्मरण गरे।

२७ गते साँझ भएको बिस्फोटनमा छोरा घाइते भएको र घटना लुकाउन पछि इटाभट्टामा जिउँदै जलाएर मारेको उनको आरोप छ। २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ गते पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट भएको थियो। तत्कालीन सरुअठा गाबिस–२ का २४ वर्षका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर मारिएको जाहेरीमा उल्लेख छ। त्रिलोकका बाबु   श्रीनारायण र ओसी अख्तरका आमा रोक्साना खातुनले काग्रेस नेता मोहम्मद आफ्ताब आलम, उनका भाइ मोहम्द महताब आलम, मोविन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए। रोक्सना खातुनको २०६७ माघमा हत्या भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.