प्रहरीमा ३५ सय दरबन्दी थप

प्रहरीमा ३५ सय दरबन्दी थप

काठमाडौं : सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थपेको छ। मन्त्रिपरिषद्ले दरबन्दी स्वीकृत गरेसँगै गृह मन्त्रालयले कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाएको छ।

सरकारले प्रहरी संगठनमा ३ एसएसपी, ४ एसपी, २१ डीएसपी, ४७ इन्स्पेक्टर, ८६ सइ, २ सय ९७ असइ, ६ सय ८३ हवल्दार, २ हजार २ सय १६ जवान र २ सय ३९ कार्यालय सहयोगीको दरबन्दी थपेको छ। प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ। दरबन्दी थपसँगै प्रहरीमा बढुवाको बाटो खुलेको छ। अहिले प्रहरीमा जम्मा ७५ हजार ९ सय २७ दरबन्दी छ। जसमा एक जना आईजी, ४ एआईजी, ३४ जना डीआईजी, ७६ जना एसएसपी, १ सय ६४ जना एसपी,४ सय २८ जना डीएसपी, १ हजार ४ सय २३ इन्स्पेक्टर, ४ हजार २ सय ७ सइ, ७ हजार ४ सय ८८ जना असइ, १४ हजार ३ सय ५ हवल्दार, ४४ हजार ११ जना जवान र २ हजार ७ सय ९२ प्रहरी कार्यालय सहयोगी छन्।

दरबन्दी खाली हुँदा तत्काल पूर्ति गर्न बढुवा गरिए पनि नयाँ दरबन्दीका लागि भर्ना प्रक्रियामा जानुर्पछ। प्रक्रिया लामो छ। प्रहरी जवानको भर्ना प्रक्रिया सुरुदेखि तालिम लिएर ड्युटीमा आउँदा झन्डै एक वर्ष लाग्छ।

प्रहरी मुख्यालयका अनुसार प्रहरीमा थपिएको दरबन्दीसहित १० हजार १ सय ९६ जनाको दरबन्दी खाली छन्। जसमध्ये माथिल्ला पदमा ३ एसएसपी, ३ एसपी, १४ डीएसपी, १ सय ४६ इन्स्पेक्टरका खाली छन्। यीसँगै सइ, असइ, हवल्दार, जवान र कार्यालय सहयोगीसहित १ हजार ३० जनाको दरबन्दी खाली रहेको मुख्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले रिक्त दरबन्दीमा पूर्ति गर्ने काम अब सुरु हुने बताए। उनले भने,‘ कार्यसम्पादन मूल्यांकनको प्रक्रिया लगभग पूरा भइसकेको छ। यो टुंगिने बित्तिकै खाली दरबन्दीमा बढुवा सुरु हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.