‘पत्रकार तिमीभन्दा माथि किन उठ्दैनन् ? ’

‘पत्रकार तिमीभन्दा माथि किन उठ्दैनन् ? ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले प्रयोग गर्दै आइरहेको भाषाप्रति असन्तुष्टि जनाएका छन्। सञ्चारमाध्यमले प्रयोग गर्ने गरेको भाषामा ‘तिमी’ सम्बोधन गरेको प्रति प्रधानमन्त्रीको असन्तुष्टि प्रकट भएको हो।

दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मलेनलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै ओलीले पत्रकारहरू तिमीभन्दा माथि उठ्नै नसकेको भन्दै आक्रोश पोखेका थिए। ‘पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री आदिको समाचार आउँदा ‘तपाईं’ ‘भन्नुभयो’ इत्यादि शब्दको प्रयोग हुँदैन। पत्रकारले बाउलाई पनि ‘तपाईं’ भन्दैन। तिमीभन्दा माथि उठ्दै उठ्दैनन्।’

ओलीले सञ्चारमाध्यममा प्रयोग भएको भाषाप्रति असन्तुष्टि जनाउँदै भने, ‘सानालाई तिमी भन्ने, ठूलालाई तपाईं भन्नु स्वाभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, आफ्नो मर्यादा हुन्छ।’

ओलीले यसअघि पनि कांग्रेसले संसद्मा प्रधानमन्त्रीलाई बोल्न अवरोध गरेपछि सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सञ्चारमाध्यमले प्रयोग गर्ने गरेको ‘तिमी’ शब्द प्रति असन्तुष्टि जनाएका थिए। सामाजिक सञ्जालले अहिले नेपाली समाजका सबै सभ्यताका पर्खाल भत्काएको भन्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा कुनै शिष्टता मर्यादा केही पनि नदेखिएको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.