नेकपा सचिवालय बैठक : उपचुनावका लागि निर्देशन

नेकपा सचिवालय बैठक : उपचुनावका लागि निर्देशन

काठमाडौं : सत्तारुढ दल नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार केन्द्रले चयन गर्ने निर्यण भएको छ।

त्यसैगरी उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने त्यसका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ।

स्थानीय तहको उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरका लागि सम्बन्धित गाउँ, नगर कमिटिको सिफारिसका आधारमा प्रदेश कमिटिले  उम्मेदवार चयन गर्नेछ वडाका उम्मेदावरका हकमा भने वडा कमिटि र गाउँ कमिटिको परामर्शका आधारमा जिल्ला कमिटिले चयन गर्ने। 

संगठन विभागमा तीन नेता थपिए 

संगठन विभागमा  यस अगाडी पमुख वामदेव गौतम र उपप्रमुख जर्नादन शर्मा थिए। बुधबारको बैठकले तीन नेतालाई सदस्यका रुपमा थप गरेको छ। स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु भानुभक्त ढकाल र हरि अधिकारी सदस्यमा थप भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।  विभागले पूर्णता भने पाइसकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.