सांसद साहलाई चार दिनको म्याद थप

सांसद साहलाई चार दिनको म्याद थप

जनकपुरधाम :  जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरी जनकपुरधाम पठाएका सांसद साहलाई अनुसन्धानका लागि चार दिने म्याद थप गरिएको हो।

जिल्ला अदालत धनुषाको इजलास नं. १ का न्यायधिश तीर्थप्रसाद केसीको इजलासले सांसद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जाने क्रममा साहलाई पक्राउ गरिएको हो।जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सांसदको रिहाईको माग गर्दै राजपाले आज  एक घन्टा सडक जाम गरेका छन्। सर्लाही क्षेत्र नं. १ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहलाई पक्राउ गरिएपछि राजपा नेपाल आन्दोलित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.