राष्ट्रपति म्यानमार प्रस्थान, हेलिकोप्टर चढेर विमानस्थल

राष्ट्रपति म्यानमार प्रस्थान, हेलिकोप्टर चढेर विमानस्थल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन्।उनी सिधैं शीतलनिवासबाट हेलीकोप्टर चढेर विमानस्थल पुगेकी हुन्। सडक जाम हुने भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए।

यसअघि सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो। 

राष्ट्रपति भण्डारीलाई  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरे।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा बुधबार म्यानमार प्रस्थान गरेकी हुन्।भण्डारी बुधबारदेखि कात्तिक ३ गतेसम्म म्यानमारमा रहने कार्यतालिका छ। भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोनको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.