काठमाडौंमा अन्तर्राष्ट्रिय युवा सम्मेलन : १२ मुलुकका वैज्ञानिक आउँदै

काठमाडौंमा अन्तर्राष्ट्रिय युवा सम्मेलन : १२ मुलुकका वैज्ञानिक आउँदै

काठमाडौं : विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि छलफल गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गरिने भएको छ । सम्मेलनमा एसिया, युरोप, अष्ट्रेलिया तथा अमेरिकाकासहित १२ मुलुकका युवा वैज्ञानिक सहभागी हुने भएका छन् ।

सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषदले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । सम्मेलन कार्तिक ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ ।

सहभागीमा रहेको विशिष्टकृत ज्ञान, सीप, प्रविधी र नविनतम विचारमार्फत मुलुकको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेनमा छलफल गरिने सम्मेलनबारे जानाकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

सहभागीको विचारमार्फत मुलुकभित्र रहेका युवालाई नविनतम कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार स्वदेशभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली तथा विदेशी वैज्ञानिक तथा प्राविधिज्ञ, प्राध्यापक, पेशागत समूहका प्रतिनिधि, उद्योगी, वयवसायी, नीति निर्माता, सरकारी अधिकारीको सहभागिता रहनेछ ।

सम्मेलन अवधिभर ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछ । ५० वटा पोस्टर प्रस्तुति, १८ वटा विषयगत प्रस्तुति रहनेछन् । भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्याण्ड, जर्मनी, चिन, नर्वे, कोरिया, सिंगापुर, अमरिकालगायतका मुलुकबाट सहभागी आउनेछन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार गैर आवासीय नेपालीको तर्फबाट २५ जना वक्ता सहभागी हुनेछन् । सम्मेलनबाट प्राप्त भएका निष्कर्ष सरकारलाई बुझाउने योजना रहेको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.