भृकुटीमण्डपमा नेकपाको चियापान
काठमाडौं : सत्तारुढ दल नेकपाको राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रम सुरु भएको छ। चियापान दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म रहनेछ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम जारी छ।चियापान समारोहमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले सबैलाई दसैं, तिहार र छटको शुभकामना दिँदै विकास हेर्न गाउँ जान आग्रह गरेका छन्।
त्यसैगरी अर्का अध्यक्ष प्रचण्डले सबैलाई शुभकामना दिँदै सबै पर्वलाई स्वीकार गर्ने राम्रो परम्परा नेपालमा रहेको उल्लेख गरे। उनले पार्टीले गर्ने चियापानलाई यिनै परम्पराको रुपमा लिनुपर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
८