तारको भार

तारको भार

काठमाडौं : एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केबल टीभीको तार। भार थेग्न नसकेर पोल नै ढल्ने अवस्था। र, ढलेका पनि धेरै छन्। लठिभद्र ती तारले सहरको सौन्दर्य बिगार्नुका साथै विभिन्न दुर्घटनासमेत निम्तिने नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण प्रमुख बाबुराम सुवेदीले बताए।

इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले आफूखुसी पोलमा तार झुन्ड्याउँदै आएका छन्। ‘काम नलाग्ने तार व्यवस्थापन मात्रै गर्ने हो भने पनि पोलको भार कम हुने थियो’, उनले भने, ‘त्यसतर्फ कुनै निकायको ध्यान पुगेको छैन।’ काम लाग्ने र नलाग्ने तारको गुजुल्टा एउटै हुँदा समस्या आएको उनी बताउँछन्। काम नलाग्ने तार इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले व्यवस्थापन नगर्दा कुरुप देखिएको सुवेदीको भनाइ छ।

सेवाप्रदायकले जथाभावी तार राख्नाले पनि यस्तो समस्या आएको हो। नेपाल इन्टरनेट सेवाप्रदायक संस्था (आइसपान) का कोषाध्यक्ष पुष्करसिंह बडालका अनुसार बिजुलीको पोलमा इन्टरनेट सेवाप्रदायकको २० प्रतिशत मात्र तार रहेको बताउँछन्। घर–घरमा इन्टरनेट पुर्‍याउन पोलको विकल्प नभएको उनी बताउँछन्।

तार व्यवस्थापन गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित तार व्यवस्थापन गर्न इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरलाई निर्देशन दिएको छ। अव्यस्थित, असुरक्षित तथा सहरलाई कुरुप बनाउने गरी जडान भएका तारलाई दसैंअगावै व्यवस्थापन गर्न निर्देशन जारी गरेको थियो। तर, तार व्यवस्थापनको काम भने गरिएको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले तार व्यवस्थापनको काम भइरहेको बताए। ‘अव्यवस्थित तार व्यवस्थापन र हटाउन निर्देशन जारी गरेका छौं’, उनले भने, ‘केही मात्रामा भइसकेको र केही हुने क्रममा छ।’

प्राधिकरणले सूचना जारी गर्दै अव्यवस्थित रूपमा तार टाँग्ने वा तारलाई रोड क्रस गराइएको पाइए त्यस्ता व्यक्ति तथा संघसंस्थालाई जिम्मेवार बनाई आवश्यक कानुनी कारबाही गर्ने बताएको छ। साथै, प्राधिकरणले त्यस्ता संरचना तत्काल हटाइनेसमेत जनाएको छ। चिनियाँ राष्ट्रपति सवारी हुने स्थानको मात्र तार व्यवस्थापन गरिएको आइसपानका कोषाध्यक्ष बडाल बताउँछन्। ‘भ्रमण रूटको तार व्यवस्थापन गर्न निर्देशन आएको थियो’, उनले भने।

प्राधिकरणसँग सम्पर्कमा छैनन्

इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटर नेपाल विद्युत् प्राधिकरणसँग सम्पर्कमा छैनन्। भदौमा प्राधिकरणले पोल र अप्टिकल फाइबरको भाडा वृद्धि गरेको थियो। भाडा वृद्धिपछि इन्टरनेट सेवाप्रदायक आन्दोलनमा थिए। वैशाखमा प्राधिकरणले महसुल नतिर्ने इन्टरनेट सेवाप्रदायकको तत्काल तार काट्ने निर्णय गरे पनि एक सातापछि निर्णय फिर्ता भएको थियो। त्यसपछि इन्टरनेट सेवाप्रदायक सम्पर्कमै नआएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए।

‘इन्टरनेट सेवाप्रदायक अहिलेसम्म सम्झौता गर्नै आएका छैनन्’, उनले भने, ‘प्राधिकरणमा राखिएको तारले धेरै असर गरेको छ।’ प्राधिकरणले सबैखाले अप्टिकल फाइबरको प्रतिकिलोमिटर वार्षिक १ लाख २८ हजार लिँदै आएको थियो। गत वर्षबाट भाडा बढाएर २४ कोरको फाइबरको वार्षिक ६ हजार प्रतिकिलोमिटर, ४८ कोरको फाइबरको वार्षिक १ लाख ७२ हजार र ९६ कोरको फाइबरको प्रतिकिलोमिटर वार्षिक ३ लाख ४५ हजार बनाएको थियो।

त्यस्तै, पोलको भाडा प्राधिकरणले प्रतिवर्ष प्रतिपोल २०५ रुपैयाँ लिँदै आएको थियो । एक किलोमिटरको पोल प्रयोग गरेबापत पहिले वार्षिक ७ हजार बुझाउँदै आएका थिए। एक किलोमिटरमा प्राधिकरणका ३५ वटा पोल हुन्छन्  । २४ कोरको तार राखे पोल भाडाबापत प्रतिकिलोमिटर १४ हजार ४ सय, ४८ कोरको अप्टिकल फाइबर राखे पोल भाडाबापत वार्षिक २२ हजार ८ सय र ९६ कोरको अप्टिकल फाइबर राख्दा पोल भाडाबापत मात्रै ३२ हजार ४ सय रुपैयाँ बुझाउनुपर्ने गरी प्राधिकरणले भाडा बढाएको हो।

सेवाप्रदायकले प्राधिकरणको पोलमा राख्ने वितरण बक्सको पनि यो वर्षदेखि प्रतिमहिना ५० रुपैयाँ हुने जनाएको छ । तर, इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटर बढेको पैसा तिर्न तयार छैनन्। सेवा प्रवाह गर्नका लागि पोलको विकल्प दिन इन्टरनेट सेवाप्रदायकले सरकारसँग माग गर्दै आएका छन्।

तार सर्ट भएर आगलागी

आसोज ३ गते शुुक्रबार काठमाडौं तीनकुुने गैरीगाउँमा विद्युुत् पोलमा आगलागी भयो। कारण थियो विद्युुत् सर्ट। पोलमा अव्यवस्थित ढंगले टाँगिएको तार टच भएर विद्युुत् सर्ट भएको थियो।

आगलागीपछि पोलमा भएका केबल, इन्टरनेट, टेलिफोनका तारसमेत जलेका थिए। पेट्रोल पम्प नजिकै भए पनि धन्न आगो पेट्रोल पम्पसम्म पुुग्न पाएन। पेट्रोल पम्पसम्म आगो पुुगेको भए अवस्था भयावय हुन्थ्यो

स्थानीयको सहयोगले आगो छिट्टै नियन्त्रण भयो। आगलागीबाट केही दिनसम्म इन्टरनेटलगायत सेवाबाट स्थानीय वञ्चित भए। राजधानीमा विद्युुत् सर्ट भएर दुुर्घटना भएका थुुप्रै उदाहरण छन्।

अव्यवस्थित विद्युुत्, इन्टरनेट, केवललगायत तारले सर्वसाधारणमा जोखिम मात्र निम्त्याएको छैन। चुँडिएका तार जताततै छाडिँदा पैदल यात्रुुलाई हिँड्न सास्ती हुने गरेको छ। तारका गुुजुुल्टोमा सेवाप्रदायक कम्पनीलाई आफ्नो तार चिन्न मुुस्किल पर्छ। राजधानीका मुख्य मार्ग तथा शाखा सबैतर्फ असरल्ल तारले कुरुप बनाएको छ।

कालीमाटी क्षेत्रमा गाडिएका पोलमा तार टाँग्ने ठाउँ नभएर नजिकका घरमा लगेर झुन्ड्याइएको छ। चाबहिल–जोरपाटी सडकखण्डमा पैदल यात्रुुुुको टाउकामै छुुने गरी तार लत्रिएको छ। त्रिपुुरेश्वर, पुुतलीसडकलगायत चोकका पोलमा पनि तारका ठूला गुुजुुल्टा छन्। सडकबीचमा भएका पोलका कारण सवारी दुर्घटनाको खतरा बढाएको ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुुमार पौडेल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.