चितवनको विजयी सुरुवात

चितवनको विजयी सुरुवात

काठमाडौं : चितवन राइनोजले ‘डब्लूसीएल’ टीट्वेन्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवनले क्याट क्विन काठमाडौंलाई पाँच विकेटले हरायो।

काठमाडौंले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको चितवनले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाइन्। प्यारी चौधरीले अविजित २४, रीतु कनौजियाले १४ र काजल श्रेष्ठले ११ रन बनाइन्। काठमाडौंकी ईश्वरी विष्टले दुई विकेट लिइन्। लक्ष्मी साउद, सरस्वती कुमारी र संगीता राईले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा सबै विकेटको क्षतिमा ९२ रन बनाएको थियो। काठमाडौंका लागि रश्मी चौलागार्इंले ३४ रन बनाइन्।

सरस्वती कुमारीले १५ र शोभा आलेले नौ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन्। उनी प्लेयर अफ दी म्याच घोषित भइन्।

रेखा रावल र कविता गौतमले दुई दुई विकेट लिए। रीतु कनौजियाले एक विकेट झारिन्। नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज लिगमा पाँच टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टसले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरू राउन्ड रोविन लिगका आधारमा सञ्चालन गरिनेछ। कात्तिक ७ गतेसम्म हुने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.