सांसद साहको रिहाइको माग गर्दै सर्लाही सदरमुकाम बन्द

सांसद साहको रिहाइको माग गर्दै सर्लाही सदरमुकाम बन्द

मलंगवा : बुद्ध एयरको जनकपुरस्थित काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार तेस्रो दिन राजपाले सर्लाही सदरमुकाम मलंगवाका बजार बन्द गराएको छ।प्रदर्शनकारीले यातायात समेत ठप्प बनाएका छन् ।  

पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदर्शनकारीले बिहानैदेखि बजार बन्द गराउनका साथै सवारी साधनलाई चल्न दिएको छैन् । आफ्ना सांसदको रिहाईको माग गर्दै नेता कार्यकर्ताले नाराबाजी गर्दै बजार बन्द गराएका छन् । 

त्यस्तै, मलंगवाबाट चल्ने ठूला साना सवारी साधन चल्न सकेको छैन् । यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा परेका छन् । बजार बन्दको पूर्व साँझ प्रदर्शनकारीले मलंगवामा मसाल जुलुश समेत निकालेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.