सी आउँदैमा उत्पात् भयो भन्दै भारतलाई चिढ्याउनु हुन्न : बाबुराम

सी आउँदैमा उत्पात् भयो भन्दै भारतलाई चिढ्याउनु हुन्न : बाबुराम

गोरखा : समाजवादी पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले  सी नेपाल आउँदैमा भारतलाई चिढ्याउन नहुने बताएका छन्। गोरखाका पत्रकारसँग कुराकानी गर्दै बिहीबार उनले यस्तो बताएका हुन्।

चीनले भारतको विश्वास लिएर मात्र क्षेत्रिय नीति बनाउन चाहनेसमेत डा.भट्टराईले दाबी गरे। 

‘सीले नेपाल आए भन्दैमा लौ उत्पात भयो भनेर मामा आए घोडा, माइजु आइन् डोली, पापा ल्याइन् सोली भन्ने भ्रममा पर्नु हुदैन’, उनले भने, ‘उहाँ सिधै नेपाल नआइकन भारतको महावलीपुरम पुगेर भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेर मात्र यहाँ आउनु भयो, यसको सांकेतिक अर्थ के हो भने, चीनले भारतलाई चिढ्याउन चाहँदैन, भारतलाई विश्वासमा लिएर मात्र क्षेत्रिय बनाउन चाहन्छ।’ 

उनले यो अवस्थामा तीनवटा शक्ति सम्पन्न मुलुकलाई सन्तुलनमा राख्न सक्नु पर्नेसमेत प्रष्ट पारे। 

‘चीन र अमेरिकाको सामरिक प्रतिस्पर्धा, सँगसँगै भारत उदीयमान छिमेकी राष्ट्र हुनुको नाताले परम्परादेखिको जुन हाम्रो चासो छ, यसमा ख्याल गर्नुपर्ने कुरा के हो भने यी तीन शक्तिको स्वार्थ र चासो टकराउने अबस्था हामी देख्छौं। यस्तो अबस्थामा हामी सन्तुलित ढंगले अघि बढ्नुपर्छ’, उनले भने, ‘एकले अर्काको बिरुद्ध खेल्ने नीति लिनु हुदैन। कतिपय नेताहरु यो भ्रममा छन्।’ 

विश्वको शक्तिशाली देशका ठूला नेता आउनुले देशको साख बढेकोसमेत डा.भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.