सांसदविरुद्ध मुद्दा चलाएको विरोधमा गृह र पर्यटनमन्त्रीको पुतला दहन

सांसदविरुद्ध मुद्दा चलाएको विरोधमा गृह र पर्यटनमन्त्रीको पुतला दहन

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा जनकपुरधाममा गृहमन्त्रीको पुतला दहन गरिएको छ। जनकपुर विमानस्थलको बुद्ध एयर काउण्टर तोडफोडको आरोपमा सांसद प्रमोदकुमार साहलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संस्कृति, पर्यटन नागरिक उडड्नमन्त्री योगेश भट्टराईको पुत्ला दहन भएको हो।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोदकुमार यादवलाई निःशर्त रिहाईको मागसहित राजपा नेपालका कार्यकर्ताले जनक चोकमा पुत्ला जलाएका हुन् । उनीहरुको गृहमन्त्री मुर्दावाद, पर्यटनमन्त्री मुर्दावाद जस्ता नारा लगाउँदै मन्त्रीको पुतला दहन गरेको थियो।

राजपाका नेता तथा कार्यकर्ताले सांसद साहलाई झुठो मुद्दामा षडयन्त्रपूर्वक फसाएको आरोप लगाउँदै पुत्ला दहन गरे। राष्ट्रिय जनता पार्टी नेपाल धनुषाको अगुवाईमा निस्केको र्‍यालीले जनकचोकमा पुतला जलाएपछि बाक्लो संख्यामा उपस्थित प्रहरीले जलिरहेको पुतला खोसेर निभाएको थियो।

यसैबीच सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएको छ। सरकारी पक्षबाट साहमाथि गैरसैनिक हवाई उडान ऐन, २०१५ दफा ९ को (६) बमोजिमको कसुरमा ५ देखि १० वर्षसम्मको कैद सजायको माग दाबी गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.