उपभोक्ता ठग्ने २१ बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ
काठमाडौं : उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट २१ बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका छन् । शुक्रबार सामाखुसी, बालाजु, गोंगबु लगायतका स्थानमा रहेका बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका हुन् ।
कम्पनीले दिएको ढाला खोली सामान निकालेर नक्कली ढाला राखी सामान पठाउने गरेकोले उनीहरू पक्राउ परेको महानगरीय अपराध महाशाखाका एस्एस पी सगुन थापाले जानकारी दिए ।
पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको एस् एस् पी थापाले बताए । उनीहरूको बारेमा आज दिउँसो २:३० मा पत्रकार सम्मेलन गरेर जानकारी दिने थापाले जानकारी दिए ।