नौबिसे-नागढुंगा सडक शुक्रबार ४ बजेसम्म एकतर्फी सञ्चालन हुने
काठमाडौं : नौबिसे-नागढुंगा सडकखण्ड शुक्रबार बेलुकासम्म एकतर्फी मात्रै संचालन हुने भएको छ। धादिङ धुनिवेशी नगरपालिका ९स्याउलीदेखि सिक्रखोलासम्म कालोपत्रे तथा सडक मर्मत गर्नुपर्ने भएकाले उक्त सडक एकतर्फी सुचारु गरिएको हो।
बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडक एकतर्फी संचालनमा आउने धादिङ प्रहरीले जनाएको छ।
सवारी एकतर्फी सडक संचालनमा आउने भएपछि सडक जाम हुने भन्दै ओभरटेक नगर्न र सडक नियम पालन गर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ ।
केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न समेत प्रहरीले यात्रुलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !
८