नेपाल-म्यान्मा पर्यटनमा सहकार्य

नेपाल-म्यान्मा पर्यटनमा सहकार्य

काठमाडौं : नेपाल र म्यान्माबीच पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको छ। म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँकी स्टेट काउन्सिलर आङ साङ सुचीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

म्यान्माको राजधानी नेपिडोस्थित प्रेसिडेन्सियल हाउसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र त्यहाँका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्यो तिनले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारी म्यान्माली समकक्षी विन मिन्तको निमन्त्रणामा बुधबार २७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपिडो पुगेकी हुन्।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच वार्ता भएको थियो। उनीहरूले द्विपक्षीय सम्बन्ध र महिला नेतृत्वबारे छलफल चलाएका थिए। प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगलाको खाडी प्रयास (बिम्स्टेक) सदस्य मुलुकका नाताले त्यसको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारी र म्यान्माली समकक्षी विनबीच पनि प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ। त्यस क्रममा नेपाल र म्यान्माबीच सहकार्यबारे छलफल भएको थियो। लुम्बिनी भ्रमण गर्न म्यान्माका नागरिकलाई प्रोत्साहन प्रस्ताव राष्ट्रपति भण्डारीबाट राखिएको थियो। बिहीबार बिहान राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी, सञ्चारकर्मीलगायत सहभागी छन्।

म्यान्माबाटै जापान भ्रमण

राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा रहने कार्यक्रम छ। त्यहाँबाट औपचारिक भ्रमणका लागि उनी जापान जाने तय भएको छ। राष्ट्रपति जापानबाट फर्केपछि प्रधानमन्त्री केपी ओली अजारबैजानको बाकु भ्रमणमा निस्किने भएका छन्। प्रधानमन्त्री असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। अघिल्लो पटक भेनेजुएलामा भएको उक्त सम्मेलनमा उपराष्ट्रपति सहभागी भएका थिए। यसपटक प्रधानमन्त्री जान लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.