अमिताभ बच्चन अस्पतालमा

अमिताभ बच्चन अस्पतालमा

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।नियमित स्वास्थ्य जाँच गर्न उनी तीन दिनदेखि स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन्।स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

उनले स्वास्थ सामान्य रहेको भन्दै ट्वीटमार्फत जानकारी गराएका छन्।अस्पताल बसाईका तस्बिर पनि पोस्ट गरेका छन्।उनको गरेको एउटा ट्वीट भने भारतका मिडियामा भाइरल भइरहेको छ।

समाचारमा बताइएअनुसार अमिताभले ११ घन्टा पहिले एउटा ट्वीट गरेका छन्। जसमा उनले श्रीमती जया बच्चनसँग खिचाएको तस्बिर सेयर गर्दै करवा चौथ ब्रतको बधाइ दिएका छन्।

उक्त तस्बिर जयाले आफ्ना पति अमिताभ बच्चनको दीर्घआयुको कामनाका लागि करवा ब्रत बस्ने क्रममा खिचेको हो।२०१२ मा शल्यक्रिया गरेदेखि नियमित स्वास्थ्य जाँचका लागि उनी अस्पताल जाने गर्छन्।

आफ्ना प्रिय नायक अस्पताल भर्ना भएको खबर पाएपछि उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरेका छन्। फ्यानहरुले छिटो ठीक भएर फर्कन आग्रह गरेका छन्। एक युजरले लेखेका छन्-अमिताभ बच्चन छिटो ठीक भएर छिटोभन्दा छिटो फर्कनेछन्।

अर्का युजरले लेखेका छन्- अमिताभ छिटो सन्चो हुनुहोस्।कौन बनेगा करोडपतिको १० सिरिज गर्न बाँकी छ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.