नपाक्दै सिन्धुलीको जुनार बजारमा

नपाक्दै सिन्धुलीको जुनार बजारमा

सिन्धुली : सिजन अघिनै सिन्धुली र रामेछापको जुनार बजारमा ल्याइएको छ । कृषकले महंगो मुल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन् । सामान्यतय मंसिर दोस्रो साताबाट फल खान योग्य हुने जुनार चारबाडको मौका छोपी कृषकले आफूखुसी बजारमा बिक्री गर्न ल्याउन थालेको जुनार विकास संघ सिन्धुलीले जनायो।

'प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत 'जुनार जोन' परियोजना सञ्चालन भएका सिन्धुली र रामेछाप जिल्ला अन्तर्गतका विभिन्न कृषकले नै हरियोमै जुनार टिपेर बिक्री गर्ने गरेका छन्,' जुनार संघका निवर्तमान अध्यक्ष तिलकबहादुर थापाले भने।

परियोजनाले लाखौं रुपैयाँको आर्थिक तथा प्राविधिक र विभिन्न औजार प्रदान गर्दै आएका 'जुनार जोन' परियोजना समेत आवद्ध कृषकले काँचोमै जुनार टिपेर बिक्री गर्न थालेकोले जुनारको जिल्ला भनेर परिचित सिन्धुली र रामेछापमा पहिचान र गुणस्तरमै प्रश्न चिन्ह उठाउने काम गरेको भन्दै थापाले आक्रोस समेत व्यक्त गरे।

'आफूहरुले पटकपटक कृषकलाई सिजन नै नभई जुनार बजारमा बिक्री गर्न नल्याउन भने पनि कृषकले मानेका छैनन् । उनीहरुलाई जुनार जोन र जुनार विकास संघले पनि सहयोग गर्दैन,' उनले भने । 

व्यापारीले बगैचामै पुगेर राम्रो मुल्य दिएर कृषकलाई फकाउँदै बजारमा ल्याएर बिक्री गर्ने भएकाले जुनारको स्वाद र गुणस्तर भने नहुने थापाको भनाई छ । उक्त परियोजनाअन्तर्गत उत्पादित जुनारलाई गुणस्तरीय र रोग किरा रहित उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत खपत गराउने लक्ष्य लिएको भएपनि कृषकले लापरबाही गर्दै जुनार सिजन अघिनै बजारमा ल्याउँदा गुणस्तरमा समेत समस्या आउने जानकार बताउँछन् । 

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तिनकन्यालगायतमा जुनारको व्यावसायिक खेति गरिदै आएको छ । तर, कृषकले असोजदेखि नै वीपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खुर्कोट, मन्थली, रामेछापलगायतका बजारमा पुर्‍याएर बिक्री गर्ने गरेको बताइएको छ।

उता हरियो जुनारनै बजारमा ल्याएर बिक्री गर्न थालेको भन्दै जुनार जोन परियोजनाले त्यस्ता कृषकलाई परियोजनाले प्रदान गर्दै आएको कुनै पनि सुविधा नदिने चेतावनी दिएको छ ।जुनारको गुणस्तरका लागि समेत सिजनसम्म पर्खनुपर्ने भन्दै सिजनअघि नै जुनार बिक्री गरेर बगैचा रित्तो बनाउनेलाई कुनै पनि सुविधा प्रदान नगर्ने भन्दै सार्वजनीक सूचना नै जारी गरेको छ । 

राम्रोसँग जुनारको फल नपाके पनि व्यापारीले राम्रो मुल्य दिएपछि आफूहरुले बाध्य भएर काँचो जुनार बिक्री गर्नु परेको कृषकको भनाई छ ।चाडबाडमा जुनारको माग बढ्दा हरियोमै जुनार बिक्री गरेको जुनार कृषक बाँशु श्रेष्ठ बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.