यी दुई माला, जसले बोनितालाई पुर्‍यायो बीबीसी सय सूचीमा

यी दुई माला, जसले बोनितालाई पुर्‍यायो बीबीसी सय सूचीमा

काठमाडौं : नेपाली चेली बोनिता शर्मा १०० प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूचीमा परेकी छन्। उनी द सोशल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्थाकी संस्थापक हुन्। उक्त संस्थाले विभिन्न समुदायका महिला तथा बालबालिकाको पौष्टिक आहार सुधार्ने काममा पहल गर्दै आएको छ । 

सोचाइले कुपोषणका कारण हुने बाल मृत्युदर घटाउन 'पोषणमाला' र महिनावारीबारे जानकारी दिन 'महिनावारीमाला' निर्माण गर्दै आएको  छ।। यिनै दुई मालाले बोनितालाई बीबीसीको सय सूचीमा पुग्न सफल बनाएको हो।

पोषणमाला एउटा यस्तो माला हो जुन विभिन्‍न रङ लगाइएका दानाले बनाइएको छ। जसले आमाहरुलाई आफ्नो नवजात शिशुलाई कस्तो र कति खाना खुवाउने बारे सचेत गराउँछ। यो माला हातमा लगाउन पनि सकिन्छ। बोनिताका अनुसार पोषण मालाले बच्चालाई कस्तो, कति र कसरी पोषिलो खाना खुवाउने भनेर सहज रूपमा सिकाउँछ। सोचाइले मालामार्फत हजार दिनसम्म बालबालिकाको खानाबारे जानकारी दिँदै आएको छ।

यसमा बच्चाको उमेर देखाउने दाना पनि राखिएका छन्। पाँच फरक रङ राखिएको छ। प्रत्येक रङले छुट्टाछुट्टै पोषणयुक्त खानाबारे जानकारी दिन्छ। सेतो रङले आमाको दूध, खैरोले अन्न तथा कन्दमूल, पहेलोले दाल-गेडागुडी र बदाम, हरियोले सागसब्जी र फलफूल र निलोले माछामासुबारे संकेत गर्छ।

पहिलो लाम्चो आकारको दानामा शून्य अंकित छ। यसको लगत्तै सेतो दाना राखिएको छ।पछि ६ अंकित दाना छन्। यसले बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने जानकारी दिन्छ।

त्यस्तै, ६ पछि सेतो, खैरो, पहेलो, हरियो र निलो क्रमशः छ। यिनीहरुले २४ महिनासम्म खुवाउने खानाबारे जानकारी दिन्छ। यस्तै मालामा रहेका विभिन्‍न रङ र अंकले फरक अर्थ दिन्छ।अंकले बच्चाको उमेर रङले बच्चालाई खुवाउनु पर्ने खाना इंकित गर्छ।

पोषण मालासँगै यो संस्थाले 'महिनावारी' माला पनि बनाएको छ। २८ वटा दाना भएको उक्त मालाले महिनावारी चक्रबारे जानकारी दिन्छ।यो मालाले महिनावारी भएको पाँच दिनबाहेक महिनाभरी हुने शारीरिक परिवर्तनबारे पनि ज्ञान दिने उनले बताइन्।

माला बनाउने सोचाइ कसरी आयो भन्ने प्रश्नमा उनले भनिन्,' सुरुमा कुपोषण र महिनावारीबारे मोबाइल एपमार्फत जानकारी दिने निर्णय गरियो।फिल्डमा जाँदा पढेलेखेका आमाहरुको संख्या निकै कम पायौं। त्यस्ता आमाहरुले सजिलै रङ र नम्बर छुट्याउन सक्ने भएपछि पोषणमाला बनाइएको हो।'

स्वास्थ्यसम्बन्धी विभिन्न विज्ञसँगको सल्लाहमा पोषणमाला बनाएको बोनिताले जनाएकी छिन्। उनको यो प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेट कोषमार्फत् पुरस्कृत भएको हो। बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका १०० महिलाहरूको सूची सार्वजनिक गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.