विप्लवका २१ नेता पक्राउ प्रकरण : साना हतियार र महत्वपूर्ण दस्तावेज भेटियो

विप्लवका २१ नेता पक्राउ प्रकरण : साना हतियार र महत्वपूर्ण दस्तावेज भेटियो

दाङ : दाङमा बिहीबार पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताको साथबाट प्रहरीले साना हतियारसहित महत्वपूर्ण दस्तावेज बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरेको हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्तावेज शुक्रबार सार्वजनिक गरेको हो।  प्रहरीका अनुसार उनीहरुको साथबाट ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ राउन्ड गोली र १ सुतली बम बरामद गरेको हो। यसैगरी ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद बरामदसमेत गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ३७ थान मोबाइल सेट, ग्लोबल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ विभिन्न राजनीतिक दर्शनका किताब, ३० वटा लेटर प्याड बरामद भएको दाङ प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए। बरामद भएका हतियारमध्ये दुई पेस्तोल लोड गरिएको अवस्थामा भेटिएका थिए। 

बिहीबार बिहान १ बजे दाङको राजपुरबाट नेकपाको महत्वपूर्ण बैठकबाट दाङ प्रहरीले २१ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। बिहीबार नियन्त्रणमा लिएको भए पनि प्रहरीले शुक्रबार मात्रै उनीहरुसँग बरामद भएका हतियार तथा विस्फोटक पदार्थ सार्वजनिक गरेको हो। 

नेकपाका पश्चिम कमाण्ड इन्चार्ज वीरजंग भनिने चन्द्रबहादुर चन्दसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका सबै नेता कार्यकर्ताविरुद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.