एमबीबीएस र बीडीएसको अध्ययन शूल्क बढ्याे

एमबीबीएस र बीडीएसको अध्ययन शूल्क बढ्याे

काठमाडौं : सरकारले एमबीबीएस र बीडीएसको अध्ययन लागि शुल्क बढाएको छ। चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको वैठकले शुल्क बढाउने निर्णय गरेको हो।

आयोगका अनुसार एमबीबीएसको लागि काठमाडौं उपत्यकाभित्रका मेडिकल कलेजले एकमुष्ट ४० लाख २३ हजार दुइ सय ५० रुपैंया र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ लिन पाउने आयोगले निर्णय गरेको छ।

यसअघि यो शुल्क उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाका बाहिर ४२ लाख ४५ हजार तोकिएको थियो। त्यस्तै बीडीएसतर्फ अध्ययनका लागि उपत्यकाभित्र र उपत्यका बाहिरका लागि समेत एकमुष्ट २० लाख १९ हजार ५ सय ८० रुपैंया तोकिएको छ। बढेको शूल्क आर्थिक वर्ष २०७६/७७ बाट लागु हुनेछ। नेपाल राष्ट्र बै‌ंकको मुद्रा स्फिती दरलाई आधार मानेर शूल्क बढाइएको आयोगको भनाइ छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५ मा मुद्रास्फिती दर ४ दशमलव ५ प्रतिशत थियो। मेडिकल कलेजहरुले यो रकम विद्यार्थीबाट पहिलो वर्ष एक तिहाइ र बाँकी रकम आर्थिक वर्षको अन्तमा लिनुपर्नेछ।

हेर्नुस्, आयोगको विज्ञप्ति : 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.