यस्ता छन् बरफका ५ फाइदा
-घरको सुन्दरताका लागि प्रयोग गरिने हाउस प्लान्टले घरको हावालाई पनि शुद्ध गर्छन्। ती घरभित्र राखिएका बोटबिरुवालाई स्याहारसम्भार चाहिन्छ। त्यसका लागि आइस क्युब अर्थात् बरफलाई तिनमा राखिदिनुपर्छ।
-कपडामा चुइँगम टाँसिएमा त्यस भागमा बरफ लगाउनुपर्छ। केही बेर यसै छोडिदिनुपर्छ। त्यसपछि चम्चाको मद्दतले टाँसिएको चुइँगम निकाल्नुपर्छ।
-कपडामा अचार, चिसा, जुसको दाग लागेमा तुरुन्त आइस क्युब दल्नुपर्छ। यसो गर्दा दाग बस्दैन।
-माइक्रोवेभमा भात तताउँदा सुक्खा भएर, हल्का कडा हुन्छ। त्यसैले भात तताउने कचौरामा तीनचार वटा आइस क्युब राखेर भात तताइयो भने कडा हुँदैन।