‘प्रहरी असईले नै गरे बलात्कार’

‘प्रहरी असईले नै गरे बलात्कार’

धरान : धरानस्थित एक एकल महिलाले आफू प्रहरी असईबाट नै बलात्कृत भएको बताएकी छन्। धरान उपमहानगरपालिका–४स्थित पत्रङबारी प्रहरी चौकीका इन्चार्ज असई पिताम्बर अधिकारीमाथि एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन्।

मादक पदार्थ सेवनगरी घरमै आएर असई अघिकारीले आफूलाई बलत्कार गरेको ती महिलाले बताएकी छन्। शनिबार नै धरान उपमहानगरपालिका-४का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ। 

श्रीमानको निधनपछि ती महिला चार छोराछोरीसँग पत्रङवारीस्थित आफ्नै घरमा जीवन निर्वाह गर्दै आएकी थिइन्। प्रहरी सहायक निरीक्षक अधिकरीले बुधबार मध्यरातमा सुतिरहेको अवस्थामा आफुलाई बलत्कार गरेको ती महिलाले बयान दिएकी छन्। 

ती शनिबार नै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएकी छन्। पीडित महिलाको उजुरी दर्तासँगै प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरेर घटना बारे अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए। 

धरान-४का वडासदस्य धनबहादुर कुलुङले प्रहरीबाटै स्थानीय महिला बलात्कृत भएपछि परेपछि स्थानीयमा त्रास फैलिएको बताए। उनले बलात्कारमा संलग्नलाई कडा कावाही गर्न माग गरेका छन्। बलात्कार अभियोग लागेका अधिकारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.