रोबोटको देश जापान

रोबोटको देश जापान

सन् २०१८ मा अन्तर्राष्ट्रिय रोबोटिक्स संघले निकालेको औद्योगिक रोबोट्स रिपोर्टका अनुसार जापान संसारको सबैभन्दा धेरै औद्योगिक रोबोट उत्पादन गर्ने देश हो। सन् २०१६ को तुलनामा सन् २०१७ मा जापानले ५५ प्रतिशत बढी रोबोट वितरण गर्‍यो, जुन अघिल्लो वर्षभन्दा ३९ प्रतिशतले धेरै थियो। उत्पादन र वितरण मात्रै नभएर आफ्नै देशमा पनि सबैभन्दा बढी रोबोटलाई राख्ने देशमध्ये जापान एक हो। सन् २०१७ मा २ लाख ९७ हजारभन्दा बढी औद्योगिक रोबोटलाई उसले प्रयोग गरेको थियो।

रोबोटिक्समा प्रगति गर्नुमा जापानको सांस्कृतिक पक्षलाई पनि जोडिन्छ। तर, बढ्दो अटोमोबाइलको उत्पादन र कामदारको अभावलाई भने यसको मुख्य कारणको रूपमा हेर्ने गरेको पाइन्छ। ऐतिहासिक जापानी धर्म सिन्टोमा सामानमा पनि आत्मा हुन्छ भन्ने मानिन्थ्यो। सोही धर्मको आधारमा जापानमा सन् १९५० को वरपर मानिस र रोबोटको मित्रतालाई लिएर कमिक्स लेखिए, सिनेमा बने। जसले गर्दा पनि जापानीहरूमा रोबोटप्रति सकारात्मक भावना रहेको भन्ने गरिन्छ।

सांस्कृतिक पक्षलाई महŒवका साथ नलिइए पनि अन्य दुई पक्षलाई भने जापानले रोबोटिक्समा राज गर्नुका मुख्य कारण मानिन्छ। अटोमोबाइल कम्पनीको विकाससँगै रोबोटको पनि विकास तीव्र रूपमा भएको देखिन्छ। जापानको सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याइरहेको अटोमोबाइल उद्योग संसारकै ठूलो उद्योगमा पर्छ। तर, सुरुवातमा भने मानवशक्तिको कमीबाट यो उद्योग गुज्रिएको थियो। सन् १९७० को अन्त्यबाट अटोमोबाइल क्षेत्रमा मानिसको साटो रोबोटलाई प्रयोग गर्न थालियो। सँगै, सन् १९८० को दशकमा रोबोटिक्समा झन् नयाँ प्रविधिको विकासमा जापानले खोज गर्न सुरु गर्‍यो। जसले अटोमोबाइल उद्योगमा मात्रै नभएर रोबोटिक्समा पनि जापान विश्वको अग्रणी देश बन्यो। 

अटोमोबाइल उद्योग र अन्य क्षेत्रमा भएको मानवशक्तिको अभाव हटाउन रोबोटलाई प्रयोग गर्न थालिएपछि उत्पादनमा पनि यिनीहरूको संख्या बढ्दै गएको देखिन्छ। सन् १९९५ देखि जापानमा काम गर्नेको संख्या क्रमशः घट्दै गएको थियो। जसकारण कृषि, सेवालगायत क्षेत्रमा रोबोटको प्रयोग ह्वात्तै बढ्यो। सँगै, खाद्यान्नको उत्पादन र वितरणमा पनि रोबोटको प्रयोग बढी हुन थाल्यो। जसले गर्दा जापानले रोबोटको उत्पादनमा झन् धेरै जोड दियो। जापान सरकारले सन् २०१५ मा ल्याएको ‘नयाँ रोबोट रणनीति’ले जापानमा रोबोटको प्रयोगलाई कानुनी रूपमा खुकुलो बनाइदियो। जापानीहरूले पनि रोबोटलाई आफ्नो सहयात्रीका रूपमा हेर्दा यसले देशलाई नै रोबोट उत्पादन र प्रयोगको रूपमा अग्रणी स्थानमा ल्याइदियो।

अर्कातिर, विश्वमा हुने विभिन्न रोबोटका प्रदर्शनी तथा कार्यक्रमका कारण पनि जापानी रोबोटिक्स उद्योग फस्टाइरहेको छ। अहिले संसारमा प्रयोग हुने रोबोटमध्ये ६० प्रतिशत रोबोट जापानबाट उत्पादन हुने अध्ययनले देखाउँछ। घरायसी, औद्योगिक, मनोरञ्जनात्मकदेखि अहिले जापानले यौन खेलौनाका रूपमा पनि रोबाटको उत्पादन गरिरहेको छ। यससँगै रोबोटलाई पनि मानिसझैँ क्रोध, प्रेम, सुखदुःखलगायत भावना महसुस गराउने प्रविधिकोे विकास गर्न जापान लागिपरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.