सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित
काठमाडौं : सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। उनीविरुद्धको पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि आइतबार गुरुङ अदालत उपस्थित भएका हुन् ।
एक वर्षअघि काठमाडौं जिल्ला अदालतमा गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको र अदालतले त्यतिबेलै पक्राउ पुर्जी जारी गरेको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
सांसद गुरुङले यो राजनीतिक मुद्दा भएको बताएका छन्। गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ।
आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्।