आलो हिउँमा चिप्लेर स्पेनिस आरोहीको मृत्यु

आलो हिउँमा चिप्लेर स्पेनिस आरोहीको मृत्यु

चरिकोट : उत्तरी दोलखाको रोल्वालिङ हिमश्रृंखलास्थित छुकिमा गो हिमाल आरोहण गरेर फर्किने क्रममा एक स्पेनिस आरोहीको मृत्यु भएको छ। पीएजे ८३९४३५ नम्बरको पासपोर्ट भएका ४४ वर्षे स्पेनिस नागरिक लुइस फिलिप भल्भर्डे गुज्मानको मृत्यु भएको दोलखा प्रहरीले जनाएको हो।

६ हजार २५८ मिटरको हिमाल आरोहण गरेर फर्किने क्रममा शनिबार बिहान १० आलो हिउँमा चिप्लेर लुइसको मृत्यु भएको थियो। गौरीशंकर गाउँपालिका–९, गौरीशंकरको ना गाउँबाट उत्तर पश्चिममा पर्ने छुकिमा गो हिमालको आरोहण गरेर फर्केका एक आरोहीलाई भने जिवितै उद्धार गरिएको छ। 

मृतक र उद्धार गरिएका पर्यटकलाई सिम्रिक एअरको २वटा हेलिकप्टरबाट सदरमुकाम चरिकोट ल्याएर घटनाको मुचुल्का बनाएर मृतकको पोष्टमार्टमको लागि काठमाडौं पठाइएको छ। 

२ जना आरोही र २ जना गाइडसहितको स्पेनिस नागरिकको टोली अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसन प्रालिमार्फत ०७६ असोज १२ गते काठमाडौंबाट हिडेको थियो। उक्त टोलीले शनिबार बिहान आरोहण सकेर फर्केने तयारी गरेको थियो। 
तर, आलो हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको स्पेनिस गाइड सोनिया टोर्सिडा कासासलाई उदृत गर्दै दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।
    
स्पेनिस गाइड कासासको अनुसार अर्को आरोही डेभिड सुएला फर्नान्डेजले शनिबार बेलुका ५ बजे रेडियोबाट फ्रेस हिउँमा चिल्लेर लडेर आफू एक्लो भएको जानकारी गराएका थिए। डेभिड सुएला फर्नान्डेजलाई २४ घण्टापछि आइतबार बिहान करिब ११ बजे सिम्रिक एअरको हेलिकप्टरमार्फत छिरिङ धेन्डुप भोटेको टोलीले जिवित नै उद्धार गरेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.