सडक कर उठाउने ठाउँ नजिकै प्रेसर कुकर बम
नौविसे : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनीवेशी नगरपालिका-६स्थित सडक बोर्ड नेपालको सवारी कर कार्यलय पछाडि प्रेसर कुकर बम भेटिएको छ। कालो टेपले बाँधेर राखिएको बमलाई नेपाली सेनाको ६ बाहिनि अड्डा बैरेनिको टोलिले डिस्पोज गरेको हो।
स्थानीयले बम भेटेपछि तत्काल प्रहरीलाइ खवर गरेका थिए। झोलाभित्र राखिएको प्रेसर कुकरमा बम कसले र किन राखेको भन्ने बारे अनुसन्धान भइरहेको र घटनास्थलबाट नाम उल्लेख नभएको पर्चासमेत भेटिएको ईलाका प्रहरी कार्यलय खानिखोलाका प्रमुख प्रहरी निरिक्षक रुकबहादुर खडकाले बताए।
‘बम राख्नेको पहिचान भएको छैन, अनुसन्धान सुरु गरेका छाँैै, स्थानीयहरुमा त्रास फैलाउने हेतुले बम राखिएको हुनसक्छ’, उनले भने।