तलब नपाएको विरोधमा नगरपालिकामा तालाबन्दी

तलब नपाएको विरोधमा नगरपालिकामा तालाबन्दी

जनकपुरधाम : धनुषाको सबैला नगरपालिकाका शिक्षकले तलब नपाएको विरोधमा कार्यालयमा तालाबन्दी गरेको छ। चाडपर्वको समयमासमेत नगरपालिकाले तलब निकासा नगरको विरोधमा आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

पटक–पटक तलब निकासाको लागि मेयर तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रदेखि मौखिक जानकारी गराए पनि अटेरे गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको शिक्षक दिनेश रायले बताए। उनले भने, ‘हामीले सीडीओदेखि लिएर नगरका मेयरसम्मलाई रकम निकासाको लागि जानकारी गरायौं, तर हाम्रो कुरा कसैले सुनेन,  हामी भोकभोकै कतिदिन बस्नु ? बाध्य भएर तालाबन्दी गर्नुपर्‍यो।’

नगरपालिकामा रहेका २५ स्कुल र ९ मदरसाको अध्ययन–अध्यापन अवरुद्ध पारेर नगरपालिकामा तालाबन्दी गरिएको शिक्षक महासंघका केन्द्रीय सदस्य रायले बताए। 

नगरपालिकामा हाल कार्यरत रहेका ३ सय ४० शिक्षकको चार महिनाको पारिश्रमिक उपलब्ध नगराएको तथा ध्यानाकर्षण गराउँदासमेत अटेरी गरेको शिक्षकको भनाइ छ। उनीहरुले तलब उपलब्ध नगराउँदासम्म नगरपालिकामा तालाबन्दी यथावत राख्ने अर्का शिक्षक रामउदगार यादवले बताए।

सबैला नगरपालिकाका मेयर साहले शिक्षकको तलब बारे आफूलाई कुनै किसिमको जानकारी नरहेको दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.