महरालाई अझै ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

महरालाई अझै ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। महरालाई जिल्ला सरकारी वकील कार्यालयमा बयान लिएपछि आइतबार अदालतमा हाजिर गराइएको थियो।

महराका कानुन व्यवसायीको बहसपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो। प्रहरीले भने ७ दिनको थुना अनुमति मागेको थियो। 

महराको प्रतिरक्षामा बहस गरेका कानुन व्यवसायी मुरारीप्रसाद सापकोटाले अदालतले थप ५ दिनको थुना म्याद दिएको जानकारी दिए।

अदालतले यसअघि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो। स‌ंसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। बयानमा महराले आरोप इन्कार गरेका छन्। 

उनका कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गरेका छन्। यसैबीच आफूमाथि बलात्कार प्रयास भएको भन्दै किटानी जाहेरी दिएकी रोशनी शाहीले प्रहरीको दबाबमा जाहेरी दिन लगाएको भन्दै निवेदन दिएकी छन्। उनी निवेदन दिन कानुन व्यवसायीसहित दिउँसो अदालत पुगेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.