राप्रपा पदाधिकारी बैठक : १५ दिनभित्र विभागलाई पूर्णता दिन निर्देशन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विभाग र समितिलाई १५ दिनभित्र पूर्णता दिन विभागीय प्रमुखलाई निर्देशन दिएको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो।
यस्तै, बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा तयारीलाई अगाडि बढाउने निर्णय भएको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए।