महिला नेतृलाई महिलाका कुरा मात्र किन सोध्‍ने ?

महिला नेतृलाई महिलाका कुरा मात्र किन सोध्‍ने ?

काठमाडौं : महिला नेतालाई अक्सर महिलाकै मुद्दामा मात्रै बोल्न लगाइन्छ। के हामी महिलाको मात्रै नेता हौँ ? समाजवादी पार्टीकी नेतृ हिसिला यमीले पत्रकार महिलाका माझ प्रश्न गरिन्। आफूले पत्रकारलार्ई राजनीतिक प्रश्न गर भनेर बारम्बार भनिरहे पनि घुमाई–फिराई सम्बन्धका कुरा, महिलाका अप्ठ्याराको कुरा मात्र सोध्ने गरेको आरोप लगाइन्।

राजधानीमा आइतबार भएको एक अन्तरसंवादमा महिला सांसद तथा नेतृले मिडियासँगको आफ्ना अनुभव साटफेर गरेका छन्। कार्यक्रम सञ्चारिका समूह, निर्वाचन आयोग, यूएनडीपीलगायतका संस्थाको आयोजनामा भएको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिलालाई राजनीतीमा अगाडि बढाउनका लागि पत्रकारको मुख्य भूमिका भएको बताएकी छन्। पेशा, काम, जिम्मेवारी फरक भए पनि राजनीतिज्ञ महिला र पत्रकारले भोग्नुपर्ने समस्या उस्तै भएको बताउँदै उनले समाजका हरेक क्षेत्रमा महिलाको संख्यात्मकसँगै गुणत्मकता बृद्धि हुनुपर्नेमा जोड दिइन्।

यस्तै, नेकपाकी सांसद माया ज्ञवालीले मिडियाले नेताको पहँुच, शक्ति, र सम्पति हेरेर सांसदबीच असमान व्यवहार गर्ने गरेको आरोप लगाइन्। आफू समानुपातिक प्रणालीमार्फत सांसद् भएको डेढ वर्ष पुगिसक्दा पनि कुनै पनि पत्रकारले केही प्रश्न नगरेको, बोल्ने ‘स्पेस’ नै नदिएको गुनासो गरिन्। मिडियामा पुरुष नेताकै बढी कभरेज हुने गरेको उनको गुनासो छ। झापाकी सांसद कुमारी मेचेको मिडियालाई बदनाम गरेको उदाहरण दिँदै पत्रकारले सिक्न र जान्न आएका महिला सांसदको हुर्मत लिने गरेको आरोप लगाइन्।

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईले राननीतिमा आउने महिलाले निकै दुःख भोगेर आउनुपर्ने बताउँदै निर्वाचनका बेला महिला उम्मेदवारले पत्रकारको सहयोग नपाउने गुनासो गरिन्। कार्यक्रममा अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, प्रतिभा गौतम, अन्जना विङ्खे, पूर्णकुमारी सुवेदी, बिमला राई पौडेल, रामकुमारी झाक्रीलगायतले बोलेका थिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.