सोभियत संघमा जस्तो नेपालमा कम्युनिस्ट ढल्दैन : प्रधानमन्त्री ओली (भिडियो)
चन्द्रशेखर अधिकारी/रामकृष्ण अधिकारी
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान अन्नपूर्ण पोस्ट्लाई विशेष अन्तवार्ता दिँदै ओलीले भने, शोभियत संघ किन ढल्यो, त्यसको आफ्नै पृष्ठभूमि र कारण छ। तर यहाँ त्यो अवस्था आउँदैन। शोभियत संघमा जस्तो नेपालमा कम्युनिस्ट ढल्दैन।
आर्थिक र राजनीतिक दुवै नीति गलत भएकोले सोभियत संघ ढलेको बताउँदै भने, 'कुनै नामले थामिने होइन, प्रणाली र व्यवस्था नामले थामिदैन पनि। त्यो कामले थामिने हो। त्यसको काम कारवाही कस्तो छ, उसको क्रियाले थामिने हो। सोभियत संघले समानुकुल आफुलाई अपडेट गर्न सकेन। जे गर्नुपर्दथ्यो त्यो गर्न नसक्दा त्यो ढल्यो। यसबाट सिकेर अघि बढ्ने हो। उनीहरुको राजनीतिक नीतिहरु गलत भए, आर्थिक नीतिहरु पनि गलत भए।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कात्तिक २ गते अन्नपूर्ण पोस्ट्लाई दिएको अन्तरवार्तामा सोभियत संघ ढलेजस्तो नेपालमा पनि कम्युनिस्ट पतन हुन्छन् कि भन्ने चिन्ता व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले पार्टीमा व्यक्ति विशेषको तानाशाही बढ्दै गएपछि, जनताबाट अलग्गिदै गएपछि र नेताहरु भ्रष्ट हुन थालेपछि जे सुकै नामको प्रणाली र व्यवस्था पनि टिक्न नसक्ने बताउँदै भने, 'यहाँको अवस्था फरक हो। जनमतबाट निर्वाचित भएर बनेको सरकार हो यो। यहाँसम्म आइपुग्न लामो लँडाइ लडेका छौं।'
पार्टीका अर्का अध्यक्ष प्रचण्डले नेकपालाई अल्सर वा ग्यास्ट्रिक भएको भनी दिएको अभिव्यक्तिका सन्दर्भमा प्रधानमन्त्री ओलीको टिप्पणी छ, 'औषधि गर्ने वा खुवाउने ठाउँमै आफैँ भएपछि अल्सर वा ग्यास्ट्रिक भयो भन्दै हल्ला गर्नु ठीक होइन। औषधि खुवाए भयो नि। पार्टीको नेतृत्वमा बसेर के भन्ने के नभन्ने ख्याल हुनुपर्छ।
हामी कतै ढल्केका छैनौं
प्रधानमन्त्री ओलीले असंलग्नताको नीतिमा अडेर राष्ट्र हितमा नै काम गरिरहेको बताए। ओलीले भने ‘के नेपाल बासको रुख झै हो र? यता हावा आउँदा उता उता आउँदा यता ढल्कने ? हामी कतै ढल्केका छैनौ। नेपालले एक मुलुकसँग सम्बन्ध राख्दा अर्को मुलुकको विरुद्धमा कुरा गर्दैन र गरेको पनि छैन।'
अहिले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लिएर विभिन्न कोणबाट कुरा उठेकोतर्फ संकेत गर्दै उनले भने, ‘दुईपक्षीय समबन्ध सबैसँग उस्तै राखेर हामी अघि बढ्ने छौं। हाम्रो विदेश नीति पनि स्पष्ट छ। हामी कतै नढल्किएको वा वहकिएका छैनौं,’ उनले भने, ‘हामी कनेक्टीभिटी र विकासमा अडेर नै कुरा गरेका हुन्छौँ।
राष्ट्रपति सीको भ्रमण सफल र ऐतिहासिक रहेको बताए। उनले भने, विश्वमा शित युद्ध समाप्त भएको यतिका वर्ष हुँदा पनि विश्वमा युद्धको त्रास छ त्यसलै नेपाल जस्तो मुलुकले बरावरी सम्बन्धको हैसियतमा राखेर अघि बढ्न आवश्यक छ। मुलुक भूगोल वा जनसंख्याले सानो ठूलो हूनसक्छ तर, सार्वभौमिकता बराबर नै हो भन्ने हेक्का राखेर काम गर्न पर्ने उनले बताए। हामी शान्ति विकास र न्योचित सहकार्यको विश्व व्यवस्थाको पक्षमा छौं।
राष्ट्रपति सीसँग नेपाल भारत चीनबीचको सम्बन्ध र सहकार्यका बारेमा राम्रो सम्वाद भएको बताउँदै ओलीले भने, उहाँ भारत भएर आउनु भएको कारण भारतसँग उहाँको समझदारी बढेको र थप सहकार्य हुने अवस्थाले नेपाल झनै खुशी छ। चीन र भारतको सम्बन्ध राम्रो हुँदा हामीलाई पनि राम्रो हुन्छ।
कुनै छिमेकीसँग बढी माया राम्रो हुँदैन भन्ने भनाइप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘यथार्थमा बैरभाव गरेको भन्दा माया गर्दा नै राम्रो होला। बैरभाव होइन, आपसी माया र सम्मानका साथ अघि बढ्ने हो।'
प्रधानमन्त्रीले चीनसँग सम्बन्ध थप क्रियात्मक हुने पनि बताए। चीनसँगको सम्बन्ध र सहकार्यलाई ब्रेक थ्रु गर्ने काम तीन वर्ष अघि आफूले नै गरेको सुनाउँदै प्रधानमन्त्रीले भने, ‘कतिपयलाई चीनसँग सम्बन्ध अघि बढाउँदा कसैले केही भन्छ कि भन्ने डर वा त्रास देखिन्छ। त्यस्तो मानसिकता राख्नु हुँदैन। चीन हाम्रो छिमेकी हो, उसँग सम्बन्ध र सहकार्य बढाउन हामी डराउनु पर्दैन।
प्रधानमन्त्री केपी ओलीसँग अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापासहितको टिमले लिएको विशेष अन्तरवार्ता सोमबारको अन्नपूर्ण पोस्ट्मा