विश्व कराते च्याम्पियनसीपमा शर्मा सम्मानित
सिमरा : ब्राजिलमा सम्पन्न विश्व कराते च्याम्पियनसीपमा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव दीनेश शर्मा सम्मानित भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी लिएर ब्राजिल पुगेका टिम कोच शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलबाट सम्मानित गरिएको हो ।
बारा निजगढ नगरपालिका ३ सिंगौलका शर्मा पूर्वखेलाडी समेत हुन् । हाल उनी प्रशिक्षण हुन्।नेपालमा मार्सल आर्ट खेलको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै शर्मालाई सम्मान गरिएको थियो ।
शर्मा यसअघि अमेरिका, बेलायत, जर्मनी, भारतलगायतका देशमा सम्मानित भइसकेका छन् । ब्राजिलमा गरिएको सम्मानबाट आफूमा उर्जा थपिएको शर्माले बताए । प्रतियोगितामा नेपालका राजकुमार दराईले कास्य पदक जितेका छन् । ६०-६५ किलोको खुल्ला प्रतिस्पर्धामा कुमुतेतर्फ दराईले कास्य पदक हात पारेका हुन् । दराईसँगै नेपालका टिम मेनेजर रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।