अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं : विज्ञान तथा प्रविधिको क्षेत्रको विकासा लागि छलफल गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनको सोमबार उप राष्ट्रपति नन्दबहादुर पुनले उद्‍घाटन गरे । सम्मेलनमा एसिया, युरोप, अष्ट्रेलिया तथा अमेरिकाकासहित १२ मुलुकका युवा वैज्ञानिक सहभागी छन् । सम्मेलन उद्घाटन गर्दै उप राष्ट्रपति पुनले विदेशमा छरिएर रहेका युवा वैज्ञानिकलाई फर्केर स्वदेशकै हितमा काम गर्न अनुरोध गरे । 

सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषदले संयुक्त रुपमा आयोजना गरिएको हो । ६ गतेसम्म सञ्चालन हुनेछ । युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले विश्वका प्रख्यात विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी समेत सम्मेलनमा सहभागी भएको बताए । 'अहिले रहेको ब्रेन डेनको समस्यालाई समाधान गरेर ब्रेन गेन गराउन सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ,' ढुंगेलले भने ।

सहभागीमा रहेको विशिष्टकृत ज्ञान, सीप, प्रविधि र नविनतम विचारमार्फत मुलुकको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेनमा छलफल गरिनेछ । सहभागीहरुको विचारमार्फत मुलुकभित्र रहेका युवालाई नविनतम कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार स्वदेशभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली तथा विदेशी वैज्ञानिक तथा प्राविधिज्ञ,प्राध्यापक, पेशागत समूहका प्रतिनिधि, उद्योगी, व्यवसायी, नीति निर्माता, सरकारी अधिकारीको सहभागिता रहनेछ । सम्मेलन अवधिभर ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछ। ५० वटा पोस्टर प्रस्तुति, १८ वटा विषयगत प्रस्तुति रहनेछन् । भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्याण्ड, जर्मनी, चिन, नर्वे, कोरिया, सिंगापुर, अमेकिकालगायतका मुलुकबाट सहभागी  छन्।

सम्मेलनबाट प्राप्त भएका निष्कर्ष सरकारलाई बुझाउने योजना रहेको आयोजकले जनाएको छ । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश पठाएका थिए । उनले सन्देशमा विज्ञान र प्रविधिको विकासविना मुलुकलाई समृद्ध बनाउन नसकिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.