‘सिंहदरबारको दादागिरीले प्रदेश सरकार आतंकित’

‘सिंहदरबारको दादागिरीले प्रदेश सरकार आतंकित’

वीरगन्ज ः सिहदरबारको दादागिरीले प्रदेश सरकार आतंकित भएको दुखेसो प्रदेशमन्त्रीले व्यक्त गरेका छन्। प्रदेश(२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लोकतन्त्रमाथि ठुलै प्रहार हुनेस्थिती देखिएको दाबी गरेका हुन्। 

नेपाल सोनार समाजले दिपावली र छठ पर्वको अवसरमा सोमबार वीरगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले यस्तो बताएका छन्।

‘अहिले लोकतन्त्र खतरामा छ, यसमाथि ठुलै प्रहार हुने स्थिती देखिएको छ, त्यसैले अहिलेको पहिलो काम लोकतन्त्रलाइ जोगाउनु नै हो’, उनले भने,‘उद्योग व्यपार, सन्चार, न्यायलय ,शिक्षा लगायत सारा क्षेत्र आतंकीत छ, समग्रमा भन्नुपर्दा साराका सारा क्षेत्र आतंकीत छ, देशको अवस्था ठिक छैन।’  

मुलक तीन तहको संघीय संचरनामा भर्खर प्रवेश गरेकाले तीनै तहको सरकार सिक्दै गर्दै र गर्दै सिक्दै जाने क्रममा रहेको उनले बताए। भौतिक विकासले मात्र समाज र राष्ट्र समृद्ध नहुने भएकाले भौतिक विकाससँगै मानविय विकास पनि अपरिहार्य रहेकोसमेच मन्त्री सोनलले बताए। 

प्रदेश सरकारले भौतिक विकास सँगसँगै मानविय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै मन्त्री सोनलले भने,‘मानविय विकासकै लागि प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान, छोरी शिक्षा बीमा जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ। 

 'प्रदेश-२को मुल पहिचान र अस्तित्व भनेको मधेसी हो', उनले भने ,‘यो मुल पहिचानलाई कायम राख्न सकेमा मात्र मधेसमा रहेका विभिन्न जाजाति, समुदाय र धर्मको अस्तित्व कायम रहन सक्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.