धादिङबाट हराएका ४ सय ८ जना प्रहरीको सम्पर्कमा

धादिङबाट हराएका ४ सय ८ जना प्रहरीको सम्पर्कमा

धादिङ : विभिन्न कारणले धादिङबाट हराइरहेकामध्ये ४ सय ८ जना प्रहरीको सम्पर्कमा आएका छन् । अझै १० जनाको अवस्था भने अज्ञात रहेको छ । पारिवारिक कारण तथा सामाजिक कारण आफ्नो परिवारको सम्पर्कमा नरहेका धादिङका ४ सय १८ जनाको खोजीका लागि जिल्ला प्रहरी कार्यलय धादिङले साउन ५ गतेदेखि भाद्र ५ गतेसम्मे १ महिने विशेष खोजतलास अभियान नै संचालन गरेको थियो ।

२०७२ सालको भूकम्प पछि २०७६ असाढ मसान्तसम्ममा धादिङभर ६ सय ७३ जना नागरिक हराएको उजुरी जिल्ला प्रहरी कार्यलय धादिङमा परेको थियो । त्यसमध्ये २ सय ५५ जना फेला परेको रेकर्ड प्रहरी कार्यलयमा भएपनि ४ सय १८ जना नागरिक 'हराइरहेकको' सुचीमा रहेका थिए । तिनै ४ सय १८ जना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन सुरु गरिएको 'विशेष खोजी अभियान'बाट ४ सय ८ जना नागरिक प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले बताए। 

उनले भने, 'समग्रमा हेर्दा भूकम्पपछि धादिङ जिल्लामा हराएका ६ सय ७३ जनामध्ये ६ सय ६३ जना प्रहरीको सम्पर्कमा आएका छन् । यो तथ्यांकमा द्वन्द्वकालमा हराएको उजुरी परेकाको समेटिएका छैनन् ।' धादिङ प्रहरीले पहिलो चरणमा विभिन्न समयमा हराएका व्यक्तिको तथ्याङ्क संकलनको काम गरेको थियो । करिब ३ महिना लगाएर पाँच वर्षयता हराएका र प्रहरीमा उजुरी परेकाको विवरण संकलन गरेको थियो । 

विवरण संकलन पश्चात १ महिने विशेष खोजतलास अभियान संचालन गरिएको धादिङ प्रहरी प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । प्रहरीले निकालेको तथ्याङ अनुसार ४ सय २८ महिला, २ सय ३१ बालबालिका र १४ जना पुरुष हराएका थिए । तथ्यांक हेर्दा धादिङ जिल्लामा महिला र बालबालिका बढी मात्रामा हराउने गरेका छन् । 

ती हराएका व्यक्तिहरुमध्ये ४ सय २२ महिला, २ सय २८ बालबालिका र १३ जना पुरुष फेला परेका हुन् । अझै १० जना फेला नपरेको प्रहरी प्रमुख बैदवारले बताए । हराएर फेला परेका मध्ये एकजना पुरुष र एक बालकको मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएका छन् । 

धादिङ प्रहरी प्रवक्ता खड्काले भने, 'हराएका बेला उजुरी गरेको ठेगानाको आधारमा जिल्लाका सबै प्रहरी युनिटलाई खबर गरेर गाउँगाउँ र टोल टोलमा पुगी हराएका व्यक्तिको पछिल्लो विवरण पत्ता लगाउने काम गरिएको हो ।'

खड्काका अनुसार ४ सय ८ जनाको अहिलेको अवस्था पत्ता लगाउनका लागि धादिङ जिल्लामा रहेका ३८ वटा प्रहरी युनिटबाट २ सय २५ जना प्रहरी परिचालन गरिएको थियो । प्रहरीको तथ्यांक हेर्दा परिवारको सम्पर्कमा नरहने संख्यामा महिला धेरै थिए । महिला आफूखुसी बिहे गरेर जाने, घरमा विवाह गरेको थाहा पाएपछि प्रहरीमा जानकारी नदिने गर्नाले पनि महिलाको संख्या बढी देखिएको हुनसक्ने प्रहरी प्रमुख बैदवारले बताए ।

यस्तै अवस्थालाइ चिरेर बेपत्ताहरुको बास्तविक तथ्याङ्क निकाल्न पनि प्रहरीले १ महिने विशेष अभियान चलाएको उनले बताए । ‘हराउने वित्तिकै आत्तिएर प्रहरी युनिटमा रिपोर्ट गर्ने तर फेला परेपछि प्रहरीमा जानकारी नदिने हुँदा धेरैजना हराएको तथ्याङमा देखियो ।' प्रहरी प्रमुख बैदरवारले भने, 'हराएकाको वास्तविक तथ्यांक पहिचान गर्नका लागि विशेष अभियान चलाइएको हो ।'

अभियान संचालनको क्रममा विशेष गरी घरायसी समस्या, आर्थिक अवस्था कमजोर हुनु, सामाजिक संजालको प्रभाव, मायाप्रेम, मानसिक तनावका कारण लामो समयसम्म परिवारको सम्पर्क नहुने र केही समयपछि फेरी परिवारको सम्पर्मका आउने गरेको भेटिएको प्रहरी प्रमुख बैदरवारले बताए ।

उनले भने, 'हामीले हालको अवस्था पत्ता लगाउने मात्रै नभइ हराउनुको कारणहरुबारे पनि खोजी गरेका थियौँ, खोजी अभियानका संचालनको क्रममा बढी मात्रामा सामाजिक संजाल, घरायसी समस्या र मायाप्रेमका कारण हराउने गरेको भेट्यौँ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.