परासीमा मोटरसाइकल र टिपर ठोक्‍किँदा एकको मृत्यु, एक गम्भीर

परासीमा  मोटरसाइकल र टिपर ठोक्‍किँदा एकको मृत्यु, एक गम्भीर

परासी :  भैरहवा-भूमही सडकखण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।  

मृत्यु हुनेमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका१८ बडगाउँका ३० वर्षीय लक्ष्मण चौधरी छन् ।

सोही ठाउँका ३२ वर्षीय बलिराम चौधरीको अवस्था भने गम्भीर छ । उनको  लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । परासीबाट भूमहीतर्फ जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकल भैरहवातर्फ जाँदै गरेको लु १ ख ५६५८ नम्बरको टिपरको पछिल्लो भागमा ठोकिन पुग्दा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.