नेकपा दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ
![नेकपा दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/s-1_20191021111151_PzPuJLgPlK.jpg)
दाङ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन्। स्वास्थय विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोपमा उनलाई सोमबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीमा हुलहुज्जत गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रसाल प्याकुरेललाई हातपात गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए।
प्रवक्ता शाहका अनुसार श्रेष्ठविरुद्ध प्रशसनले तीन महिने वारेन्टसमेत जारी गरिसकेको थियो। उनलाई श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)