नेताको व्यक्तिगत इच्छाले पार्टीलाई क्षति पुग्यो : जनार्दन शर्मा

नेताको व्यक्तिगत इच्छाले पार्टीलाई क्षति पुग्यो : जनार्दन शर्मा

रुकुम : पूर्व गृहमन्त्री जनादर्न शर्माले समृद्ध नेपाल निर्माणका लागि दैनिक विदेशीने युवालाई गाउँमै रोजगारीको अवसर  सिर्जना गर्नुपर्ने बताएका छन् । स्थानीय उत्पादनको प्रयोग गरेर आर्थिक विकास गर्नका लागि युवा शक्तिलाई प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । युवा स्वरोजगारको लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । 

मंगलबार रुकुम पश्चिमको आठविसको नगरपालिकामा निर्माण गरिएका विभिन्न पाँचवटा उद्योगको उद्घाटन तथा निरीक्षण गर्दै पूर्वमन्त्री शर्माले यहाँको कच्चा पदार्थको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्ने बताएका हुन् ।

यहाँ स्थापना भएका वाइन, मसला, पलाइउड, गार्मेन्ट र ड्राइफुड उद्योगको उद्घान गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले सीप र क्षमता भएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए। 

देश विकासका लागि युवालाई रोजगारी प्रदान गर्न अहिलेका तीन तहका सरकारले योजना बनाएर काम सुरु गरेको उनको भनाइ थियो । सरकारले बेरोजगार युवालाई गाउँमै रोजगारीको सिर्जना गर्नका लागि विशेष योजना बनाएर प्राप्त बजेटको व्यवस्था समेत गरेको बताए। 

यथास्थितिमा परिवर्तन नहुने भएकाले समाजको परिवर्तनका लागि आर्थिक विकासको निरन्तर सुधार हुनुपर्ने उनले बताए । देशको विकासका लागि भ्रष्टचार ठूलो समस्याको रुपमा रहेकाले जनताको खबरदारी आवश्यक हुने र कर्मचारी प्रशासनले नीति नियमअनुसार काम गर्नुपर्ने बताए ।  

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा । तस्बिर : टिकाराम खनाल 

फरक प्रसंगमा नेकपाका स्थायी समिति सदस्य समेत रहेका शर्माले संविधानले प्रदान गरेको अधिकार जनताले प्रयोग गर्नुपर्ने बताए । संविधानमा लेखेर मात्रै अधिकार नआउने भएकाले कार्यान्वयन गर्नका लागि जनताको इच्छा र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिए। 

तीन तहका सरकारमा रहेका जनप्रतिनिधिले जनताको इच्छा र आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । 'नेताहरु व्यक्तिगत इच्छा र चाहनामा लाग्दा पार्टी र व्यक्तिलाई ठूलो क्षति हुने गरेको छ,' नेता शर्माले भने, 'समाजको विकासका लागि जनताको आलोचनालाई स्वीकार गर्दै जनताको सिपाइ भएर नेतृत्वले काम गर्नुपर्छ।'

आठविकोट नगरपालिका र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा यहाँका विभिन्न सहकारी तथा कम्पनीले उद्योगको स्थापना गरेका हुन् । उक्त उद्योगबाट अब यहाँ उत्पादन हुने कच्च पदार्थबाट विभिन्न वस्तु निर्माण गरेर जिल्लाका विभिन्न ठाउँ तथा जिल्ला बाहिर निर्यात गरिने आठविसकोट नगरपालिकाका मेयर गोर्खबहादुर खत्रीले बताए । 

उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशसभा सदस्य रातो कामी, गोपाल शर्मा, देवी ओलीलगायतको पनि सहभागिता थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.